Aamsanchar

अभिनय विधामा प्रदेशकै उत्कृष्ठ भइन तपश्या तमन प्रसाई

Author Image
बुधवार, जेठ २९, २०७६

झापा ।

शिक्षा विकास निर्देशनालय प्रदेश नम्वर – १ धनकुट्टाले आयोजना गरेको प्रदेश स्तरीय विद्यार्थी पहिचान कार्यक्रममा झापा बिर्तामोडकी तपश्या तमन प्रसाई प्रथम भएकी छिन् ।

इटहरीस्थित एसओएस वालग्राममा आयोजित फाइनल प्रतियोगितामा फनमिन वोडिङ इङ्लिस स्कूल विर्तामोडमा कक्षा आठमा अध्ययनरत छात्रा प्रसाई प्रथम भएको विद्यालयकी शिक्षक मनिषा प्रसाइले जानकारी दिइन् । प्रसाई विशेष कला(अभिनय) विधामा प्रथम भएकी हुन् । यो संगै उनले नगद ४० हजार रुपैयाँ हात पारेकी छिन् ।

त्यस्तै आर्दश मावि वुद्धनगरमा कक्षा १० मा अध्ययनरत छात्र आदित्य घिमिरे विज्ञान विधामा दोस्रो भएका छन् । उनले नगद २० हजार रुपैयाँ हात पारे । यता दुर्गा मावि का छात्र रामकृष्ण पौडेलले विज्ञान विधामा तेस्रो भएका छन् । उनले नगद १० हजार रुपैयाँ हात पारे ।

उनीहरुलाई प्रदेश नम्वर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, शिक्षा विकास निर्देशक उपेन्द्र दाहाल र कार्यक्रम संयोजक कृष्णप्रसाद पोखरेलले पुरस्कार प्रदान गरेका थिए ।

विभिन्न विधामा भएको प्रतियोगितामा शिक्षा विकास निर्देशनालय प्रदेश नम्वर – १ धनकुट्टाले उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर