हुन त कुनै अन्न फाल्नु हुदैन । अझ हाम्रो मुख्य खानाका रुपमा रहेको भात फाल्नु झन् खराब हो । यो जान्दा जान्दै पनि बासीभात भने पछि प्राय मान्छेले खादैनन् भने अरुलाई पनि नखान सुझाव दिन्छन् ।
गाउँघर तिर बासी भात खानेलाई बासीभाते भन्ने गर्छन् र बासीभाते हुनु भनेको नराम्रो हो भन्ने आमधारणा रहेको पाइन्छ तर यसले पनि शरीरमा धेरै फाइदाहरु पुर्याउने अनुसन्धानबाट खुलेको छ ।
बासी भात खानुका फाइदाहरु यस प्रकार छन् :
१. भातमा पर्याप्त मात्रामा फाइबर पाइन्छ, जसले कब्जियतको समस्याबाट छुट्कारा दिलाउछ ।
२. यतिमात्रै नभएर बासी भातमा महत्वपूर्ण पोषक तत्व तथा लवण हुने गर्दछ। उक्त अनुसन्धानका अनुसार प्रत्येक दिन यसको सेवन गर्नाले पोषक तत्वको कुनै पनि कमी हुँदैन ।
३. साथै बासी भातले स्लिम बनाउन मद्दत गर्दछ ।
४. बासि भातले तपाई दिनभर आफूलाई ताजा बनाइ राख्न सक्नु हुन्छ । जसले गर्दा तपाईलाई दिनभर काम गर्नमा इनर्जी प्राप्त हुन्छ ।
५. यसका साथै बासीभातले अनुहारमा चमक ल्याउँछ ।
६.यदी तपाईलाई चिया वा कफी पिउनुको खराब बानी छ भने बासी खाना तपाईको लागि एकदमै जरुरी छ । बिहान बिहान बासी खाना खानाले तपाईको चिया तथा कफी पिउने लत विस्तारै कम भएर जान्छ ।
७. यदी शरिरको तापमान अधिक छ भने बासी भात खानाले शरिरको तापमान नियन्त्रित हुन्छ । यसको परिणाम चिसो हुने गर्छ । जसले तपाईको तापमान कम गरेर साना–साना समस्याबाट जोगाउने काम गर्छ ।
८. बासी भात खानाले पेटसम्बन्धी समस्या कम हुन्छ ।
९. यदि तपाईलाई अल्सर भएमा हप्तामा तीन पटक बासी भात खाएमा यसले फाइदा गर्छ ।
१०. शरिरमा कहिलेकाही गर्मी बढ्नाले छालामा विभिन्न समस्याहरु देखिने गर्छन् । यदी तपाईलाई पनि यस्तै समस्या छ भने बासी खाना खाने गर्नुहोस् । ३ दिनमा तपाईलाई राहत महसुस हुन्छ ।
११. शरिरमा कुनै प्रकारको चोट वा घाउ छ भने बासी खाना खानाले चोट निको हुन समेत मदत गर्छ ।
एक अध्ययनका अनुसार, बासि भातमा माइक्रो–न्यूट्रीएन्ट्स र अन्य महत्वपूर्ण मिनरल्स पाइन्छ । जुन हाम्रो स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । त्यसैले प्रत्येक दिन बिहान बासि भात खानु स्वास्थ्यको लागि राम्रो हो ।
पाचन क्षमता बलियो बनाउँन याद गर्नै पर्ने कुराहरु, के तपाईलाई थाहा छ ?
हामीले जे जति खान्छौ, सबैकुरा पचाउन गाह्रो हुन्छ । कतिको पचाउने क्षमता त एकदमै कमजोर हुन्छ । यस्तो व्यक्तिको अनुहार रुखो, जिर्ण र फिका देखिन्छ ।
त्यसैले स्वस्थ्य बन्न होस् वा सुन्दर बन्न, पेट सफा हुनुपर्छ । पाचन क्षमता बलियो हुनुपर्छ । हामीले खाएको खानेकुरा राम्ररी पच्यो भने शरीरमा पोषणको अभाव हुँदैन ।
शरीर स्वस्थ्य र तन्दुरुत हुनुका साथै रगत पनि सफा हुन्छ । यसले प्रत्यक्ष रुपमा हाम्रो छालाको सौन्दर्यमा पनि प्रभाव पार्छ ।
तर, यसरी बढाउनुहोस् आफ्नो पाचन क्षमता:
१. जब तपाई खाना खानुहुन्छ, त्यसको भरपुर आनन्द लिनुहोस् । आर्युवेदका अनुसार शारीरिक स्वस्थ्य कायम राख्नका लागि मनबाटै भोजन गर्नुपर्छ । खाना खाएको बेला आरामसँग बस्नुहोस् । सहि मुद्रामा बस्नुहोस् । यसले तपाईको पाचन यन्त्रले ठीक ढंगले काम गर्छ ।
२. पाचनलाई उत्तेजित तुल्याउनुहोस् । अर्थात एक टुक्रा अदुवा लिनुहोस्, त्यसमा कागतीको रस मिसाउनुहोस् । थोरै नुन पनि हाल्नुहोस् । यसले तपाई जतिपनि गरिष्ठ एवं भारी भोजन गर्नुहुन्छ, सजिलै पच्छ । आर्युवेदमा पनि भोजन पचाउनका लागि केहि काइदा बताइएको छ, जसमध्ये यो पनि एक विधी हो । यसले बोसो घटाउँछ र पाचन सहि राख्छ । यस्तो विधीलाई डाइएजेस्टिभ फायर विधी भनिन्छ ।
३. कोल्ड डिङ्स र फास्टफूड सेवन नगरौं । यसले शरीरमा नराम्रो कोलोस्टोर बढाउँछ । वोसो बढाउँछ । यसले पाचन प्रक्रियालाई असर गर्छ ।
४. आर्युवेदका अनुसार पाचन क्रिया दुरुस्त राख्नका लागि सहि र नियमित दिनचर्या पालना गर्नुपर्छ । बिहान नास्ता, मध्यन्ह भोजन र राती भोजन सहि समयमा गर्नुपर्छ । राती भोजन गरिसकेपछि तुरुन्तै सुत्नु हुँदैन । राती हल्का भोजन गर्नुपर्छ । बिहान पौष्टिक खानेकुरा खानु पर्छ ।
५. कहिले कहिं हामी काम गर्दै यति धेरै खानेकुरा खान्छौ कि, जसलाई पचाउन गाह्रो हुन्छ । चाहे टेलिभिजन हेरिहेको बेला होस् वा कसैसँग भलाकुसारी हामी खाइरहन रुचाउँछौ । यसरी एकै स्थानमा बसेर लामो समयसम्म खानु हानिकारक हुनसक्छ । त्यसैले खाने तालिका अनुसार ठीक–ठीक समयमा मात्र खाने गरौं । जतिपनि बेला खाइरहने बानीले पाचन यन्त्रमा असर गर्छ ।
६. खानेकुरा त्यतीमात्र खानुपर्छ, जति शरीरलाई आवश्यक छ । मीठो लाग्यो भन्दैमा अनावश्यक खानेकुरा खाएर पेट भारी हुन्छ ।
७. त्यसैले खानेकुरामा पनि नियन्त्रण गर्नुपर्छ । त्यसैले यस्तो खानेकुरा सेवन गरौ, जो सुपाच्य र सन्तुलित होस् । यसले पाचन यन्त्रलाई चुस्त र बलियो राख्छ ।
पाचन प्रक्रिया बिग्रिएको अवस्थामा के खाने ?
खाएर मात्र मानिस स्वस्थ र बलियो हुन्छ भन्ने हुदैन | पाचन प्रक्रिया अस्वस्थ भएको कारणले गर्दा हाम्रो कोहिकोहि साथीभाइ जति खाएपनि न मोटाउछ न बलिया नै हुन्छन | पाचन प्रक्रिया असन्तुलित भएमा त्यहीँबाट सामान्यदेखि गम्भीर प्रकृतिका रोग लाग्न सुरु हुन्छ । त्यसैले पाचन प्रक्रियालाई व्यवस्थित बनाउन खानामा विशेष ध्यान दिनुपर्छ । यी हुन् पाचन प्रक्रिया गडबडी भएमा प्रयोग गर्ने ६ खाद्यपदार्थ
१. मेवा
मेवामा पपिन नामक इन्जाइम हुन्छ । जसले प्रोटिनलाई टुक्र्याएर पचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसबाट विभिन्न प्रकारका भिटामिन र खनिज पनि पाइन्छ । त्यसैले मेवा सेवनको २४ घन्टाभित्रै पाचन प्रक्रियामा सकारात्मक प्रभाव देखिन थाल्छ ।
२. दही
दहीमा यस्तो रासायनिक पदार्थ हुन्छ, जुन दूधमा समेत पाइँदैन । त्यसैले दूधभन्दा दही बढी स्वस्थकर मानिन्छ । यसको सेवनले पेट दुखाइ, अपच, कब्जियत, ग्यास्ट्रिकजस्ता समस्यामा पनि राहत मिल्छ ।
दहीबाट पाचन प्रक्रियालाई व्यवस्थित गर्ने ब्याक्टेरिया पाउन सकिन्छ । यसमा उच्च क्वालिटीको प्रोटिनसमेत हुन्छ ।
३. केरा
केरा फाइबरयुक्त फल हो । यसले इन्सुलिन र कैयौँ स्वस्थकर ब्याक्टेरिया वृद्धि गर्ने भूमिका खेल्छ । त्यसैले पाचन प्रक्रियामा गडबडी आएमा केराको पनि सेवन गर्न सक्नुहुन्छ ।
४. अदुवा
पाचन प्रक्रियामा सुधार ल्याउन अदुवाले पनि महŒवपूर्ण भूमिका निर्वाह गर्छ । यसलाई दैनिक खानामा प्रयोग गरेर पनि लिन सकिन्छ । यसले खाना पचाउने इन्जाइम उत्पादनमा भूमिका निर्वाह गर्छ । एक गिलास मनतातो पानीमा दुई चम्चा अदुवाको रस राखेर पनि यसको प्रयोग गर्न सकिन्छ ।
५. स्याउ
स्याउमा अत्यधिक फाइबर हुन्छ । त्यसैले पाचनसँग सम्बन्धित समस्या भएमा नियमित रूपमा स्याउ प्रयोग गर्न सक्नुहुन्छ । खाना खाएको १५ मिनेटपछि स्याउको प्रयोग गर्दा पाचन प्रणालीलाई चुस्त राख्ने काम गर्छ ।
६. भुइँकटहर
पाचनका लागि भुइँकटहर पनि निकै उपयुक्त फल हो । यसमा ब्रोमेलिन इन्जाइम हुन्छ, जसले खाना पचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्न सक्नुहुन्छ
हामीले खाएकाे खानेकुरा राम्राेसँग पचेन भने अपच हुन्छ ।
लक्षण
याे राेग लागेकाे बेला भाेक लाग्दैन, जीउ भारी भएजस्ताे हुन्छ, अमिलाे डकार अाउँछ, छाती पाेलेकाे जस्ताे हुन्छ, उल्टी हुन्छ, पेट फुल्छ, टाउकाे भारी हुन्छ, मुटुकाे धडकन बढ्छ, शरीर अालस्य हुन्छ, जिब्राेमा फाेहाेरकाे पत्र लाग्न थाल्छ । जब राेग पुरानाे हुन्छ, तब पेटमा ग्यास बढ्ने समस्या देखापर्छ ।
कारण
भारी खाना, धेरै खानु, कुसमयमा खाना खानु, राम्राेसँग नचपाइकन खानु, धेरै मानसिक परिश्रम गर्नु, शारीरिक परिश्रम नगरी अाराम गर्नु, चिया, कफी, रक्सी, चुराेट धेरै मात्रमा सेवन गर्नु, बासी खाना या अत्याधिक पिराे मसालेदार खाना खानु, राति अबेरसम्म नसुती बस्नु, डर, रिस र्इष्या, मनमा ग्लानि हुनु, मन नलागेकाे खाना जबर्जस्जी खानु, खाना खाइसकेछि धेरै पानी पिउने गर्नु अादि ।
के खाने ?
१. नियमित रूपमा समयमै सन्तुलित, हल्का खाना खाने, पुरानाे चामलकाे भात खाने ।
२. सुत्नुभन्दा तीन-चार घन्टापहिले नै राम्राेसँग चपाएर खाना खाने ।
३. खाना खानुभन्दा अगाडि र पछाडि अदुवा र कागतीकाे रस आधा – आधा चम्चा लिने र एक चिम्टी नुन मिसाएर खाने ।
४. नरिवलकाे पानी, काँचाे गिरी, दही, मूला, सलगम, गाँजर, प्याज, अनारस, कागती, अदुवा खानासँगै या पछि नियमित रूपमा खाने ।
५. बेथुकाे साग र काँचाे मेवा खाने ।
के नखाने ?
१. धेरै बासनादार, बासी, अाधा पाकेकाे खाना नखाने ।
२. मीठाे लाग्याे भन्दैमा एकै चाेटी धेरै खाना पनि नखाने ।
३. अमिलाे, पिराे, मसला, गरम मसला, बेसनबाट बनेकाे चीज, सुन्तला, टमाटर, कागती, कफी धेरै मात्रामा नखाने ।
४. पान, बिँडी, चुराेट, तमाखु, रक्सीबाट टाढै रहने ।
५. राती दही नखाने ।
६. खाना खाएपछि तत्कालै धेरै पानी नपिउने ।