Aamsanchar

भिरिंगी रोग के हो ? उपचार विधी

Author Image
मङ्गलवार, असार १७, २०७६

म २७ वर्षीया पुरुष हुँ र अहिलेसम्म विवाह भएको छैन । दुई–तीन वर्षअघि एकदम यौनजन्य क्रियाकलाप गरियो । मलाई एकपल्ट सिफिलिससमेत भएको थियो । मैले त्यसको उपचार गराइसकें । मैले सुनेअनुसार यो रोग फेरि फर्केर आउँछ रे । मेरो विवाहको दिन नजिकिँदैछ । के यो भ्रम मात्र हो कि विवाहपछि दाम्पत्य जीवनमा कुनै असर पर्छ ?

सिफिलिस के हो ? 

सिफिलिसलाई नेपालीमा भिरिङ्गी भनिन्छ । यो यौनसम्पर्कका माध्यमबाट सर्ने भएकाले यसलाई हामी यौन रोग भन्छौं । गर्भवती महिलाबाट यो रोग शिशुमा समेत सर्छ । यो Treponema pallidum भनिने सूक्ष्म जीवका कारणले हुन्छ । कुनै बेला एक प्रमुख जनस्वास्थ्य समस्या मानिने यो रोग पेनसिलिन जस्ता प्रतिजैविकी औषधीको विकास र प्रयोगपछि कम हुँदै गएको छ ।

भिरिङ्गी तीन stages मा हुन्छ ।

१.  Early or primary syphilis:  हुँदा नदुख्ने किसिमको घाउ देखिन्छ । प्रत्यक्ष सम्पर्कमा आएको यस्तै तीन हप्ता ९१  देखि ९० दिनमा यौनाङ्ग वा ओठमा यी घाउ देखिन्छन् । उपचार नगरेको अवस्थामा पनि यी घाउ यस्तै ६ हप्तामा हराएर जान्छन् ।

२, Secondary stage :  प्रत्यक्ष सम्पर्कमा आएको ६ हप्तादेखि ६ महिनासम्ममा यसको सुरुवात हुन सक्छ र यसको अवधि यस्तै १ देखि ३ महिनासम्म हुन्छ । हत्केला वा पैतालमा तामा रंगका चबकजभक आउँछन् । अन्य लक्षणमा मुखभित्र सेतो दाग आउने, लसिका ग्रन्थि सुन्निने, ज्वरो आउने तथा तौल घट्ने हुन सक्छ । उपचार नगरेको स्थितिमा पनि यी सबै आफंै हराएर जान्छन् । एक थरीको सिफिलिस ९जसलाई बितभलत कथउजष्ष्कि भनिन्छ० मा भने कुनै किसिमको लक्षण देखिँदैन् ।

३ Tertiary syphilis : पचार नगरिएको स्थितिमा सिफिलिस यो स्थितिमा पुग्छ र ह्दय, मस्तिष्क अनि स्नायुलाई असर गर्छ र गम्भीर असरहरू जस्तै पक्षाघात, बिर्सने रोग, अन्धोपन, वहिरोपन, लिङ्ग उत्तेजना नहुनेदेखि मृत्युसम्म हुन सक्छ, तर अहिले आधुनिक औषधीको युगमा विरलै मात्र त्यस्तो स्थितिमा कसैलाई पुगेको देख्न पाइन्छ ।

सिफिलिसको उपचार

तपाईंले उपचार गराइसकेको कुरा गर्नुभएको छ, तर तपाईले त्यसका बारेमा खुलाएर विस्तृत जानकारी दिनुभएको छैन । चिकित्सकले तपाईलाई VDRL test गराएका हुन सक्छन् । VDRL को पूर्ण रूप Veneral Diseases Research Laboratory हो । यो परीक्षण syphilis (भिरिङ्गी) लागेको छ कि छैन भनी छुट्टयाउन गरिन्छ । यो यौनरोग लाग्दा यसको कारक treponema को संक्रमणले शरीरमा बन्ने प्रतिजैविकी (antibodies) मात्रा हेरी रोग छ कि छैन भनी छुट्टयाइन्छ । तपाईंको उपचार गर्नुहुने चिकित्सकले पक्कै पनि तपाईंको यौन इतिहासका सम्बन्धमा विस्तृत जानकारी लिनुभयो होला र तपाईंले पनि स्पष्ट रूपमा बताउनु नै भयो होला भन्ने आशा गर्छु । VDRL परीक्षणले संक्रमणको सक्रियतालाई देखाउँछ । उपचारपछि बिस्तारै यी सामान्य अवस्थामा आउँछन् । पेनसिलिन भिरिङ्गीको उपचारका लागि सबैभन्दा राम्रो औषधी मानिन्छ । तपाईंले उपचारका क्रममा कुन औषधी खानुभयो, जानकारी दिनुभएको छैन ।

बल्झिने कुरा

माथि यो रोगका विभिन्न चरणका कुरा गर्दा सुरुका चरण तथा कभअयलमबचथ कतबनभ को बेला कुनै उपचार नगरे पनि यी लक्षणहरू हराएर जान्छन् तर यो शरीरमा बढ्दै जान्छ । त्यसैले पनि यो बल्झिन्छ भनिएको हुनुपर्छ । अर्कातिर तपाईंलाई थाहै छ, यो यौन रोग हो । यौनसम्पर्क वा अन्तरङ्ग यौन क्रियाकलापलाई निरन्तरता दिँदा तपाईंले आफूले उपचार गराए पनि तपाईंको यौनसाथीबाट फेरि तपाईंमा सर्न सक्छ । यदि तपाईंको यौनसाथीले उपचार गर्दा तपाईंमा यो रोग रहेछ भने फेरि उहाँलाई सर्छ र तपाईंले फेरि उपचार गरे पनि तपाईंको यौनसाथीबाट फेरि तपाईंमा सर्न सक्छ । त्यसैले पनि पुनस् संक्रमणका कारणले रोग फेरि देखिने भएर होला, यसलाई बल्झिने भनिएको हुनुपर्छ । अर्कातिर कतिपय स्थितिमा पूर्ण उपचार नहुँदा पनि यस्तो समस्या सिर्जना हुनसक्छ । त्यसैले तपाईं र तपाईंका यौन साथी दुवैले एकैपल्ट पूर्ण तथा सही औषधी प्रयोग गरी उपचार गराउनुपर्छ ।

दाम्पत्य जीवनमा असर रु

तपाईंलाई यसरी यौनरोग लागेको तपाईंकी श्रीमतीलाई थाहा भए त्यसको एक किसिमको असर पर्छ । यसको मात्रा भने तपाईंकी श्रीमती यौनको मामिलामा कत्तिको खुला सोच राख्नुहुन्छ भन्ने कुरामा भर पर्छ ।

दाम्पत्य जीवनमा असर पार्ने अर्को महत्वपूर्ण पक्ष स्वस्थ सन्तान जन्माउने कुरासँग सम्बन्धित हुन्छ । तपाईंले सुन्नुभएजस्तै कतिपय यौनरोगले प्रजनन प्रणालीसम्बन्धी समस्या पैदा गर्छ । उपचार नै नगरिएको वा राम्रोसँग निको पार्न नसकिएका यौनरोगले प्रजनन अङ्गमा हानि पुर्‍याउन सक्छ । त्यसैगरी भिरिङ्गीले असर गर्छ । तपाईंमा यदि भिरिङ्गीको संक्रमण छ भने तपाईंकी श्रीमतीमा सर्न सक्छ ।

गर्भवती महिलामा संक्रमणको अवधिअनुसार गर्भमा भएको शिशुलाई विभिन्न किसिमको असर पर्न सक्छ । गर्भमा भएको शिशु जन्मनुअघि मर्न सक्छ र मृत शिशु जन्मन सक्छ वा जन्मिएको केही समयमा मर्न सक्छ । यसरी शिशुको मृत्यु नभए पनि संक्रमण शिशुमा सर्न सक्छ र सुरुमा नदेखिए पनि केही समय पछि लक्षणहरू देखिन सक्छन् । कलेजो, फियो, मस्तिष्क, फोक्सो वा छालामा यसको संक्रमण हुन सक्छ । उपचार नगरिएको स्थितिमा नाक घोडाको काठी जस्तो विकृत हुनेलगायतका असर देखिन्छन् । कतिपय स्थितिमा त मृत्युसम्म हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0
Views: 469

प्रतिक्रिया (०)

सम्बन्धित खबर