![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](http://aamsanchar.com/wp-content/uploads/2019/07/66121806_2194807177284879_9149954523026948096_n.jpg)
चारपाने असार १९ । झापामा एकै पटक दुईसय जनाले सुईमिङ पुलको पानीमा जुम्बा नाचेर झापामा नयाँ कार्यको थालनी हुने भएको छ । जुम्बा भनेको केहो ? किन नाच्नु पर्छ भन्ने बारेमा जानकारी दिने उदेश्यले उक्त नाच आयोजना गर्न लागिएको बताईएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
अन्तराष्ट्रिय र नेपालको काठमाण्डौं, पोखरा लगायतका ठुला सहरहरुमा जुम्बा नृत्य प्राय मानिसको दैनिक शारिरिक व्याम गर्ने माध्यम बन्दै गएको तर झापामा भने स्वास्थ्य, शारिरिक अनी मनोरञ्जन प्रदान गर्ने जुम्बा नृत्य बारे धेरैलाई जानकारी नभएको दृिष्टगत गरि संस्थागत रुपमा त्यसको महत्वको बारेमा जानकारी दिने उदेश्यले बिर्तामोडमा स्थापना भएको राईजिङ फिटनेस स्टुडियो बिर्तामोडको आयोजनामा आउदो शनिबार बिर्तामोड स्थित हवी सुईमिङ सेन्टरमा जुम्बा प्रर्दशनी हुने भएको आयोजक संस्थाकी प्रमुख निशा पोमु लिम्बुले बताईन । सुईमिङ सेन्टरको पानी घटाई कम्मर कम्मर बनाएर नाचिन्छ, त्यसमा पुलको चारै तर्फवाट दर्शकले ९० मिनेट सम्म जुम्बा नृत्य हेर्न पाउ“नेछन जुम्बा प्रशिक्षक लिम्बुको भनाई छ ।
एकै पटक ठुलो संख्यामा नाच्न लागिएको जुम्बा, झापामा पहिलो पटक हुन लागेको हो । उक्त कार्यक्रमकोलागि अन्तराष्ट्रिय स्तरबाट प्रमाणपत्र प्राप्त दुईजना जुम्मा मास्टर सरोज दुलाल काठमाडौंबाट र बंैलोरबाट सुरजप्रताप सिंह पनि बिर्तामोड आउने भएका छन ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)