Aamsanchar

डाइपरमा लुकाएको ५ सय ग्राम सुन पक्राउ

Author Image
आइतवार, असार २२, २०७६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ क्वीन्टल सुन तस्करी भएको रहस्य पर्दाफास गरेर प्रहरीले एउटा ¥याकेटको अन्त्य गरेको छ । तर, अझै विभिन्न शैलीको प्रयोग गरेर तस्करले अवैध सुन भित्र्याउन छाडेका छैनन् ।

कहिले मलद्वार त कहिले जुत्तामुनि लुकाएर सुन ल्याउने शैली नौलो रहेन । आइतबार प्रहरीले त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलबाट डाइपरमा लुकाएर ल्याइएको तस्करीको ५ सय ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा काठमाडौं प्रहरी परिसर, टेकु र विमानस्थल सुरक्षा प्रहरी कार्यालयको संयुक्त अपरेशनबाट मोरङका लीलाबहादुर बस्नेत सुनसहित पक्राउ परेका हुन् ।

उनी कतारको दोहामा तीन वर्ष वैदेशिक रोजगारीका क्रममा बसेर फर्किएका थिए । ‘फर्किने क्रममा एक जनाले डाइपर लगिदिनु भनेर निश्चित रकम दिने सर्तमा पठाएको उनले बयान दिएका छन् काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले भने, हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं । बोगटीका अनुसार डाइपरको बटममा ‘रिङ’ बनाएर उनले सुन ल्याएका थिए । थप अनुसन्धान भइरहेको बोगटीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर