Aamsanchar

गर्मीको समयमा छालामा आउने समस्याबाट जोगिने तरिका

Author Image
बुधवार, साउन १, २०७६

गर्मी महिनामा धेरै पसिना आउने हुनाले छालामा विभिन्न समस्या उत्पन्न हुने गर्छन्। असार, साउन र भदौमा गर्मीसँगै झरी पर्छ। त्यसैले यी महिनामा अन्य मौसमभन्दा ज्यादा छालाका समस्या देखापर्छन्। जति सफा रहे पनि विभिन्न कारणले शरीर चिलाउने, एलर्जी हुने, छाला डढेर विभिन्न समस्या आउने हुन्छ।

छालामा हुने समस्या
झरीको समयमा ओसिलो हुने भएकाले छालामा सर्ने र नसर्ने गरेर दुई प्रकारका समस्या उत्पन्न हुन्छन्। जस्तै ब्याक्टेरियाबाट हुने छालाको संक्रमण, भाइरसबाट हुने संक्रमण, फंगस संक्रमण, दाद, चिलाउने, सेतो दाग, ठेउला, लुतो आदिको समस्या यो मौसममा बढी हुन्छ।

सर्ने रोगमा ब्याक्टेिरया, ढुसीले गर्दा हुने समस्या, हिलोले खाने र लुतो पर्छन्। नसर्ने रोगमा लामखुट्टे, किरा वा उडुसले टोकेर हुने एलर्जी, भाइरलले गर्दा हुने समस्या, ठेउला, काछ लाग्ने अदि पर्छन्। यसैगरी ब्याक्टेरियाबाट हुने समस्यामा ढाडमा बिबिरा आउने, घमौरा पाक्ने, डन्डीफोर आउने लगायत हुन्छन्।

फंगल इनफेक्सनका कारण सेतो दाग, काछ लाग्ने, हिलोले खाने, छालामा दाद देखिने समस्या उत्पन्न हुन्छन्। भाइरल इन्फेक्सनमा दादुरा, ठेउला, लुतो आदिले पर्छन्। यसैगरी यतिबेला धुलो, पानीले र घामको एलर्जी हुन्छ।

गर्मीमा आँप खाँदा शरीरमा धेरै पसिना आउने गर्छ। पसीनाले गर्दा घमौरा आउने गर्छन्। र घमौरा बिग्रियो भने ठूलाठूला फोका आउने गर्छन्। शरीरका विभिन्न ठाउँमा डन्डीफोर आएर दुःख दिने गर्छन्। गर्मी महिना आउने यी समस्याको समयै रोकथाम र उपचार गरिएन भने पछि ठूलो समस्या निम्तिन सक्छ। त्यसैले यस्ता समस्या देखिएमा तुरुन्त सम्बन्धित रोगको चिकित्सकलाई देखाउनुपर्छ।

समस्या आउने नदिने के गर्ने ?
सकेसम्म शरीरलाई सुक्खा राख्ने गर्नुपर्छ। झरी परेको बेलामा भिजिने सम्भावना बढी हुन्छ। त्यसैले भिजेको वा चिसो भएको लुगा लगाएर लामो समय बस्नु हुँदैन। जुत्ता लगाउनेहरुले दिनभरि लगाएको लगायै गरेर बफाउनु हुँदैन। बेलाबेला जुत्ता खोलेर हावा पस्न दिनुपर्छ। पसिना आइरहने ठाउँमा पाउडरको प्रयोग गर्नु उत्तम हुन्छ।

घाममा निस्किँदा लुगाले नछोप्ने भागमा सनस्क्रिम र मोस्चराइजिङ क्रिमको प्रयोग गर्नुपर्छ। घामका विकिरणले छालामा असर पार्ने भएकाले यस्तो गर्न सुझाइएको हो। यसैगरी कपाल धेरै मात्रामा सुक्खा हुने गर्छ। त्यो हुन नदिने बेबी स्याम्पु र कन्डिसनरको प्रयोग गर्नुपर्छ। पानी पर्ने समयमा जेलबेस क्रिमहरुको प्रयोग गर्नु उचित ठानिन्छ।

लुगा लगाउँदा पनि ख्याल गर्नुपर्छ गर्मी महिनामा धेरै पसिना आउने भएकाले सकेसम्म सूतीको कपडा लगाउने गर्नु स्वास्थ्यका लागि लाभदायी हुन्छ। सुतेको पातलो लुगा प्रयोग गर्दा हावा भित्रबाहिर हुने गर्छ। जसले यस्तो प्रकारका समस्या सिर्जना हुन दिँदैन। झरीको बेला लुगा सुक्न समस्या पर्छ। तर, नसुकेको चिसो लुगा लगाउने गर्नुहुँदैन।

घरबाहिर निस्किँदा सकेसम्म पूरा शरीर ढाक्ने कपडा लगाउनुपर्छ। आधा लगाउँदा घाममा डढ्न, किराले टोक्ने लगायतका समस्या हुन्छन्। नियमित सरसफाइमा ध्यान दिन पनि जरुरी हुन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर