Aamsanchar

एसी र कोल्ड ड्रिङ्क्स देखी सावधान ! , देखा पर्न सक्नेछन् यस्ता समस्याहरू

Author Image
शनिवार, साउन ४, २०७६

एजेन्सी ।

गर्मी मौसममा प्राय मानिसहरु एसीमा बस्न र कोल्ड ड्रिङ्क्स पिउन रुचाउँछन् । पहिले मानिसहरु हावा कताबाट आउँछ भनेर शितल खोज्दै हिड्थे भने अचेल कोठाभित्र बसेर टिभी, कम्प्युटर, स्मार्टफोनसँगै एसी, पंखामा बस्ने गर्छन् । तर, उनीहरुलाई थाहा हुँदैन कि यि सब कृतिम सामग्रीले हाम्रो शरीरमा कति असर गर्छ भन्ने ।

इलेक्ट्रोनिक्स र मौसम अनुकूलताका लागि प्रयोग हुने कृत्रिम उपकरणले मानव स्वास्थ्यमा नकारात्मक असर पुर्याउने विभिन्न अध्ययनहरुले देखाएका छन् । मानसिक स्वास्थ्यमा इलेक्ट्रोनिक्सले पार्ने असरबारे अलि धेरै चर्चा हुने गरेको छ । तर, शारीरका विभिन्न अंग तथा प्रणालीमा यसले पार्ने प्रभावबारे खासै चर्चा भएको पाइन्न ।

कमैलाई थाहा होला, एसीले हाम्रो शरीरको सबैभन्दा मजबुत हिस्सा हड्डीलाई नै कमजोर पारिदिन्छ । पछिल्लो एक अध्ययनले लामो समय एसीमा बस्दा एसीको हावाले बिस्तारै हड्डीलाई कमजोर बनाउँदै लैजाने देखाएको छ । यसबाट कम उमेरमै हाडजोर्नीको समस्या देखा पर्ने सम्भावना ज्यादा रहन्छ । तपाईंमा हरसमय एसीको मजा लिने बानी छ भने सोच्नुहोस्, तपाईं आफ्नो हड्डी आफैँ खियाइरहनुभएको छ ।

तपाईं कम्प्युटर या टिभीको अगाडि लामो समयसम्म बस्नुहुन्छ, या एकैठाउँ घोत्लाएर मोबाइलमा गेम खेल्नुहुन्छ भने पनि तपाईंको हड्डीका लागि यो राम्रो होइन । लामो समय एकै ठाउँ बसिरहँदा शरीर चलायमान हुँदैन, जसले हड्डीमाथि नराम्रो असर पर्छ ।

गर्मीमा हाम्रो अर्को नजिकको साथी हो, कोल्ड ड्रिंक्स । पछिल्लो पुस्तामा कोल्ड ड्रिंक्सको आदत अलि बढी नै छ । तर, यस्ता सोडायुक्त ड्रिंक्सको अधिक सेवन हड्डीका लागि खतरनाक हुन सक्छ । अध्ययनहरुले देखाएका छन् कि सोडा ड्रिंक्समा हुने फस्फोरसले हड्डीलाई नराम्रो असर गर्छ ।

जानकारहरुको भनाइमा पछिल्लो समय हड्डीका समस्या बढ्दै जानुमा मानिसमा दूधको सट्टा सोडायुक्त ड्रिंक्स पिउने आदत बस्नु एक मुख्य कारण हो । उसो त चिया या कफीको अधिक सेवन पनि हड्डीका लागि राम्रो होइन । चिया, कफीमा हुने क्याफिनले पनि हड्डीमा क्याल्सियमको मात्रा घटाउँछ, जसले हड्डीलाई कमजोर बनाउँछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर