Aamsanchar

बीएण्डसीको प्रिन्सिपलमा उप्रेती

Author Image
आइतवार, साउन ५, २०७६

डाईरेक्टर दुर्गा प्रसार्ईबाट नियुक्तीपत्र लिदै प्राध्यापक डाक्टर रामप्रसाद उप्रेती । फोटो : बिनोद पाण्डे/आमसंचार

बिर्तामोड । झापाको बिर्तामोड स्थित बीएण्डसी टिचिङ्ग हस्पिटलको प्रिन्सिपलको रुपमा प्राध्यापक डाक्टर रामप्रसाद उप्रेती नियुक्त भएका छन् ।

आगामी मंसिर महिनाबाट कक्षा सञ्चालन गर्ने उद्धेश्यका साथ डाक्टर उप्रेतीलाई प्रिन्सिपलको जिम्मेवारी प्रदान गरिएको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए । काठमाण्डौं स्थित शिक्षण अस्पतालमा लामो समयसम्म कार्यरत रहेका प्राध्यापक उप्रेतीले बीएण्डसीको जिम्मेवारीले आफुलाई थप हौसला प्रदान गरेको उल्लेख गरे ।

आइतबार बिर्तामोड स्थित अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डाक्टर उप्रेतीले आफू पनि झापाबासी भएकाले झापामा नै आएर सेवा गर्न पाउनु गर्वको कुरा भएको बताए । उनले यस अस्पतालबाट दक्ष चिकित्सक उत्पादन गर्ने उद्घोष समेत गरेका छन् ।

आफ्नो शैक्षिक अवस्था, बाल्यकाल र शिक्षण अस्पतालमा रहेका विषयमा चर्चा गरेका डाक्टर उप्रेतीले सबैसंग मिलेर नयाँ जोश र जाँगर लिएर आफु झापा आएको बताए । पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक प्रसाईले अबको एक दशक भित्र दुई लाख ब्यक्तिलाई रोजगारी दिने हिसाबले आफू लागेको बताए ।

यसै शैक्षिक सत्रबाट अध्यापान सुरु गर्ने तयारीका साथ अस्पतालले प्रोफेसर ल्याउने क्रमलाई तिब्रता दिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । यस अघि नै प्रोफेसरद्धय डाक्टर ग्येनाथ बराल र ऋतु बराललाई अस्पालले भित्रियाई सकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 346

प्रतिक्रिया (०)

सम्बन्धित खबर