Aamsanchar

क्यामराबाट उज्जवल भविश्यको बाटो खोल्दै योगेश

Author Image
बुधवार, साउन ८, २०७६

आमसंचार संवाददाता

मान्छेले कुनै पनि काम गर्दा लगनशिल पूर्वक र निरन्तरण गर्यो भने सफलता हासिल गर्न धेरै समय पर्खनु पर्दैन भन्ने उक्तीलाई सार्थक बनाएका छन झापा अर्जुनधारा नगरपालिका वडा नम्बर १ निवासी योगेश दाहालले ।

बुवा कर्णबहादुर दाहाल र आमा कल्पना दाहालका छोरा योगेशमा हुने विरुवाको चिल्लो पात भने चै उनी सानै उमेरदेखि सिक्ने र सिकाउने काममा लागि पर्दै आए । झापाको शनिश्चरे बजारमा र ताप्लेजुङमा केही बर्ष कम्पौयूटर शिक्षा सिकाउनै ब्यस्त रहे त्यस पछि क्रमस् उनको सिक्ने रुची क्यामरा तर्फ मोडियो विभिन्न गाउँ ठाउँमा जानीनजानी फोटोखिच्न थालेका दाहालको फोटोग्राफीमा दक्ष बनेर काम गर्ने तिब्र ईच्छा शक्ति बढेर गयो । त्यसपछि औपचारिक रुपमा आधारभूत फोटोग्राफी तालिम झापाली फोटोपत्रकार विनोद पाण्डेबाट लिए ।

फोटोग्राफी शिप आफै पनि धेरै अध्ययन गर्ने भएकोले छोटो समयमानै झापामा एक कुशल फोटोग्राफरको रुपमा खडा भए । निरन्तर विभिन्न कार्यक्रममा कामगर्ने अफर पनि आउन थाल्यो उनलाई, सो समयमा जिल्लाका विभिन्न स्थानमा पुगी, स्टेज, विवाह लगायतका कार्यक्रममा कामगरे उनले । तर उनको सिक्ने सोच अझ बढदै गयो त्यस पनि उनले भिडियोग्राफी सोअध्ययनबाट सिक्न थाले सिक्दा सिक्दै भिडियोग्राफीमा पनि आफ्नो दक्षता प्रर्दशन गर्दैजान थाले सो अखत तिन दर्जन भन्दा धेरै म्यूजिक भिडियो छायाँकन गरेर धेरैका नजरमा पर्न सफल भए । उनले गरेको काम धेरैले मन पनि पाराउदै जान थाले, भिडियो संगै ईडिटिङ पनि आफै सिक्न थाले । आफूभन्दा ठुलाको सम्मान गर्ने र सानालाई मायाँ गर्ने स्वभावका कारण पनि उनि सबैको प्यारो बनेका छन ।

स्थानिय स्तरमा राम्रो प्राविधिकको परिचय बनाई सकेका दाहालमा अझ सिक्ने जोस बढदै गयो, उनले अब फिल्म मेकिङ तर्फ आफ्ना उदेश्यका पाईला अघी बढाउन थाले, अघी बढदै जाने क्रममा बिर्तामोडमा कान्तिपुर फिल्म एकाडमीले आयोजना गरेको को ७ दिने फिल्म मेकिङ तालिम लिने मौका पाए, उक्त तालिम लिएपछि फिल्म मेकिङको काम गर्ने जमर्को गरि लगातार उनले पाच वटा छोटो फिल्म र व्यवसायिक बिज्ञापन चार वटा छाँयाङकन, सम्पादन, उत्पादन गरे ।

राम्रो काम गर्नेलाई पक्कै पनि धेरै अबसरहरु मिल्न थाल्छ, उनको काम गर्ने शैली र क्षमताका कारणले काठमाण्डौं तिर अबसरका ढोका खुन्ल थाले अनि उनि काठमाण्डौं तिर लागे । देशकै केन्द्र काठामाण्डौंमा देश भरिबाट पुगेका प्राविधिक कै प्राविधिक रहेको ठाउँमा विना प्रतिष्पर्दा छोटो समयमा नै उनि स्थापित बनि सकेका छन ।

आजभोली उनलाई फुर्फद ज्यादै कम हुन्छ । छायाँकनको क्रममा कहिले देशका पुर्वी र कहिले पस्चिम अनि हिमाली क्षेत्र तिरको दौडधुप बढेको छ । केही महिना अघी अन्नपूर्ण वेस क्यापममा पुगी छायाँनक गरेर आई सकेका छन । फोटो, भिडियोग्राफी र ईडिटिङ उनका लागि अम्बल झै भएको छ । त्यो काम नगरी बाच्नै नसक्ने भएका छन, यस्तोहुनु कुनै पनि व्यक्ति र कामको लागि खुशीको कुरा हो ।

हरेक मानिस कुनै न कुनै काममा लागेको हुन्छ तर धेरै असफल र थोरै सफल भएका हुन्छन । निरन्तर कामप्रति बफादार र समय अनुसार आफ्नो सोच र खोजलाई निखार गर्दे जाने व्यक्ति कहिलै असफल बन्नु पर्दैन भन्ने एक ज्वलन्त उदाहरण पात्र बनेका छन योगेश दाहाल । उनको भावी जीन्दिगी अझ प्रगति पथमा पुग्न सकोस् शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर