Aamsanchar

डाक्टरले नैतिकता बेचेपछि पुगे जेल

Author Image
बुधवार, साउन ८, २०७६

काठमाडौं ।

मानव तस्करका लागि नक्कली बिहेको घटना सार्वजनिक भइरहेको समयमा एक डेन्टल डाक्टरले आफ्नो अस्पतालमा बच्चा जन्माएको भन्दै नक्कली बर्थ सर्टिफिकेट बनाइदिएको फेला परेको छ।

पोखराको जिनो अस्पतालमा कार्यरत डा. सन्तोषकुमार भट्टले बच्चाको नक्कली बर्थ सर्टिफिकेट बनाएको फेला परेको हो। डा. भट्टले कोरियन नागरिक किम नाराको बच्चा आफ्नो अस्पतालमा जन्मिएको भन्दै नक्कली कागजपत्र बनाइदिएको प्रहरीले फेला पारेको हो।

नक्कली कागजात बनाएर नेपाली बच्चा तस्करी गर्न लागेको थाहा पाएपछि उनीहरुलाई सिआइबीले पक्राउ गरेको छ। उनीहरु गत बैसाख १९ गते नै पक्राउ परेका हुन्। पक्राउ परेका दन्त चिकित्सक र कोरियन महिला नारा गत जेठ २३ गते पुर्पक्षका लागि कारागार चलान भएका छन ।

एक गरिब नेपाली दम्पतीको छोरालाई कोरियन महिला नाराले आफ्नो सन्तान भन्दै कोरिया लैजान लागेकी थिइन्। त्यसका लागि दाँतका चिकित्सक भट्टले आफ्नो अस्पतालमा नजन्मिएको बच्चालाई आफ्नो अस्पतालमा जन्मिएको भन्दै प्रमाणपत्र बनाइदिएका थिए।

दाँतको अस्पतालमा बच्चा जन्मिएको सर्टिफिकेट बनाएर पोखरा महानगरपालिकाबाट कोरियन नागरिक नाराकै बच्चा भनेर जन्मदर्ता समेत बनाइएको थियो। सोही जन्मदर्ताको आधारमा कोरियन दूतावासबाट नाराले पासपोर्ट समेत बनाइसकेकी थिइन्। तर सोधपुछका क्रममा दाँतको अस्पतालबाट बर्थ सर्टिफिकेट लिएपछि नारा शंकामा परेकी थिइन्। अन्ततः पक्राउ परिन्। अहिले नारा र डाक्टर भट्ट हिरासतमा छन्।

नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले गत जेठ ३१ गते मात्रै क्यानडा पठाउने भन्दै दिल्ली पुर्‍याएर २५ लाख लुटपाट गरी बेहोस बनाएर मिर्गौला निकाल्न खोज्ने नुवाकोटको मेघाङ गाउँपालिका–५ का २६ वर्षीय योगेश सापकोटालाई पक्राउ गरेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर