आमसंचार
सधै अरुलाई राम्रो बनाउने क्रममा जो व्यक्ति लागिरहेको हुन्छ । संस्थाको प्रमुख भएर संस्थामा आवद्ध मातहतका सहकर्मी शिष्यहरुलाई अनुरोध, निर्देशन अनि गाली पनि गर्नुपर्ने धेरै अवस्था आएको हुन्छ । त्यो समयमा गरिएको हरेक मिठा मसिना कुरा संस्थाको हितका लागि गरिएको हुन्छ । परिवारको अभिभावक, संघ संस्थाको प्रमुख लगायतका व्यक्ति सधै आफूसंगै रहदा भेटहुदाँ खासै महत्वको व्यक्ती लागेको हुदैन । तर भित्री मनमा भने साँचो बोल्ने निष्कपट, निडर अनि केही गरेर देखाउछु भनेर मरिहत्ते गर्ने मान्छे संसारको कुनैपनि ठाउँमा पुग्दा आत्मिय हितैसी, अनुयायीहरु धेरै हुन्छन ।
तर त्यस्ता व्यक्ति आफ्नो घर, कार्यालय र गाउँठाउँबाट अन्तै कतैजान लाग्दा भने उसको महानता, महत्व र आवसेकता अझ बढी खड्किन्छ र महान लाग्छन त्यस्ता व्यक्तिहरु ।
प्रसंग हो प्राध्यापक डाक्टर रामप्रसाद उप्रेतीको बुधबार टिचिङ हस्पिटल काठमाण्डौंबाट गरिएको बिधाई कार्यक्रममा देखिएको दृष्य । अनि विदाई भएर जानलाग्दा सबैका आखाहरु रसाएका थिए र भावनाहरु मलिन बनेको प्रष्ट बुझन सकिनथ्यो ।
असल काम गर्ने मान्छेको लागि बिदाईको पले निकै भावनात्मक र आत्मिक रहन्छ । आफूले पढाएका विद्यार्थी, आफूले सहकार्य गरेका कनिष्ठदेखि वरिष्ठ सहकर्मी र शुभेच्छुकहरुसंग बाई बाई गरेर छुट्टिन प्रा.डा. उप्रेतीलाई सहज भैरहेको थिएन । सहभागिहरुलाई पनि सम्मानित गुरु, असल अविभावकलाई बाई–बाई गर्न मन भारी भइरहेको सबैले एक आपस महसुस गरिरहेका थिए तरपनि मुहारमा कृतिम हासो ल्याउनु पर्ने सबैमा बाध्यता थियो किनकी त्यहाँ औपचारिक कार्यक्रम भईरहेको थियो ।
विधिको विडम्वना, भेट्नु–छुट्नु त रीत न थियो । त्यसैले मन भारी भैरहँदा पनि औपचारिक रुपमा बिदाई समारोहमा सबै हाँसी खुसी सहभागि भएका थिए शिक्षण अस्पताल प्रांगणमा उस्थित सबै ।
जाँदा जाँदै आफूले ४ दशक बढी सेवा दिएको अस्पतालमा कार्यरत कैयन सहकर्मीहरुको हित र भलाईका लागि प्रा.डा. उप्रेतीले अक्षय कोष स्थापनाको विधिवत सुरुवात गरे, केही रकम दिएर । आफूले आफ्नो व्यवसायिक करिअरको नयाँ गन्तव्य बनाएको विर्तामोडस्थित विएण्डसी मेडिकल कलेजको सौजन्यमा संकलन गरेको रकमबाट आफूले यो कल्याणकारी काम गर्न पाएकोमा हर्षित र गौरवान्वित देखिन्थे प्रा. डा. उप्रेती ।
उतिबेला झापाबाट राजधानी खाल्डोमा उत्रे लगत्तै नेपालको मेडिकल कलेजमा निर्विकल्प गन्तव्य रहेको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा छिरेर जीवनको महत्वपूर्ण समय गुजारेका प्रा.डा. उप्रेती अब जन्मथलो झापा नै झरेर फेरि झापालाई मेडिकल हब बनाउन लागि परेका छन् ।
त्यसका लागि उनले विर्तामोडस्थित विएण्डसी मेडिकल कलेजको संस्थापक प्रिन्सिपलको जिम्मेवारी स्वीकार गरिसकेका छन् । अब कैयन काला प्रहर र अनावश्यक उल्झन बन्धनका प्रहारहरु झेलेर आएको विएण्डसी मेडिकल कलेज विर्तामोडमा नै शिक्षण अस्पताल महाराजगञ्जबाट आर्जेको अतिरिक्त सीप, उर्जा र अनुभव प्रा.डा. उप्रेतीले सिञ्चित गर्नेछन् ।
डा. उप्रेतीसँग अब विएण्डसी मेडिकल कलेज झापालाई देशकै नम्वर एक मेडिकल कलेज बनाउनै पर्ने अवसर मात्रै छैन, धेरै चुनौति पनि छन् । विएण्डसी मेडिकल कलेजलाई उत्कृष्ट बनाउने मात्रै होइन, पूर्वाञ्चल क्षेत्रलाई नै मेडिकल टुरिष्ट डेष्टिनेशन बनाउन आफू सफल हुने दृढ विश्वास र संकल्प पनि बोकेकाछन डा. उप्रेतीले ।
हो, राजधानीको लामो जागिरे करिअरबाट बिश्राम लिदै गर्दा प्रा.डा. उपे्रतीले अर्को भारी बोकेका छन, विएण्डसी मेडिकल कलेजलाई हुर्काउने, बढाउने र सफलताको शिखरमा पुरयाउने । त्यो काम गर्न काविल त छन् नै उप्रेती, त्यसमा उनको काम गर्ने शैली पनि मिलेको छ, विएण्डसीका संस्थापक तथा संचालक दुर्गा प्रसाई जस्ता असल सेलीब्रेटीे संघीय नेपालका सातै प्रदेशमा जन्मिनुपर्नेमा जोड दिँदै प्रा.डा. उप्रेती यसो भएमा देशले विकेन्द्रीत स्वास्थ्य र शिक्षाको नयाँ उपलब्धी हासिल हुने विश्वास व्यक्त गर्छन् ।
शिक्षण अस्पताल महाराजगञ्जले न्यानो बिदाई र विर्तामोडस्थित विएण्डसी मेकिडल कलेजले गरेको आत्मिय स्वागत अनि बाल्यकालमा खेलीडुली हिडेका हितैसी संगको अवको जीवन व्यतित गर्न अग्लो कदका सदाकाल हँसिला, फरासिला र सकारत्मक सोच चिन्तनका काविल प्राज्ञ डा. उप्रेती आफ्नै ठाउँ फर्कि आएका छन । युवा अवस्थामा संसारको कुनै पनि ठाउँमा रहेपनि बाँकीको जीवन डा. उप्रेती जस्तै अरुले पनि आफ्नै ठाउँमा जीउने प्रण गर्ने हो भने देशका हरेक कुना कन्दराको मुहार फेरिन समय लाग्ने थिएन होला ।