Aamsanchar

मुलकभर दूध अभाव

Author Image
आइतवार, साउन १९, २०७६

काठमाडौं,

डेरी उद्योगहरूले उत्पादनमा ३० प्रतिशतले कटौती गरेकाले मुलुकभर मागअनुसार दूध आपूर्ति हुने सकेको छैन।

दूध कम उत्पादन हुने (लिन) सिजनको मध्य समय पर्नु र भारतबाट स्किम मिल्क पाउडर (एसएमसपी) आयात बन्द हुँदा उद्योगमा दूध अभाव भएको हो भन्ने खबर काराेबार दैनिकमा छ। दूध आपूर्ति कम हुँदा काभ्रेको पनौतीस्थित अनमोल डेरी उद्योग बन्द भएको छ भने भक्तपुरको नोभा डेरीले शनिबार बजारमा दूध नै पठाउन नसकेको जनाएको छ।

एमएमसी छैन्झोल दूध पनि स्टकमा नहुने अवस्था छ, दूध आपूर्ति समयमा नहुँदा एक पोका दूध पनि आज बजारमा पठाउन सकिएन’ नोभा डेरीको उत्पादक कन्ट्री फुड प्रालीका दिपक खड्को भने। राजधानी आसपासका नोभा जस्ता तीन दर्जन डेरी उद्योग छन् ।

मुलुकभर करिब २ सयको संख्यामा औपचारिक रुपमा दर्ता भई सञ्चालनमा रहेको अनुमान छ। करिब ३० अर्बको लगानी रहेको निजी दुग्ध उद्योगहरु डुब्ने खतरा रहेको भन्दै व्यवसायीहरुले लगानी डुब्ने खतरा रहेको भन्दै दुग्ध आपूर्ति सहज बनाउन सरकारसँग माग गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर