Aamsanchar

विएण्डसीमा स्वास्थ्य विमा उपचार सेवा पुन सुरुहुदै

Author Image
आइतवार, साउन १९, २०७६

स्वास्थ्य विमा वोर्ड कार्यकारी निर्देशक रमेश कुमार पोखरेल र विएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाई सम्झौता हस्ताक्षर कार्यक्रममा ।

चारपाने । विएण्डसी टिचिङ हस्पिटल बिर्तामोडमा भदौ १ गतेबाट स्वास्थ्य विमा उपचार सेवा सुरु हुने भएको छ ।
धेरै खर्चिलो उपचार सेवा बन्दै गएको अबस्थामा सर्बसाधारणले उपचार गराउन नसकी अकालमै मृत्यु बरण गर्नुपर्ने बाध्यतालाई अन्तय गर्न सरकारले स्वास्थ्य विमा कार्यक्रलम मार्फत देशका विभिन्न सरकारी र निजी हस्पतालमा उपलब्ध हुदै आएको स्वास्थ्य विमा उपचार सेवा आगामी ५ बर्षको लागि विएण्डसीमा पनि उपलब्ध हुने आईतबार हस्पिटलमा आयोजित पत्रकार भेटघाटमा हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिएका छन ।

स्वास्थ्य विमा वोर्ड र अस्पतालले गत साउन १२ गते गरेको सम्झौता अनुसार विमाबाट उपचार गर्ने सहमति भएको हो । सम्झौता पत्रमा बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेल र विएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईले हस्ताक्षर गरेका छन् ।

पहिले विमा गरेका विरामीको उपचार हुदै आएकोमा बिचमा अस्पतालले प्राविधिक समस्या देखाउँदै सो सेवा स्थगित गरेको थियो । अब फेरी स्वास्थ्य वोर्डले उपचारकालागि अस्पताललाई दिएको निर्देशन अनुसार तोके बमोजिम उपचार गर्नुपर्नेे हुन्छ । सरकारले तोकेको औषधी र उपचार सेवा उपलब्ध गराउन अस्पताल बाध्यकारी हुने बताईएको छ ।

झापामा विमा गरेका विरामीले सहज र प्रभावकारी उपचार र उचित सुविधा नपाएको गुनासो पनि धेरै बाहिर आएको छ । तर विएण्डसीमा रहेको हरेक उकरण, विज्ञ डाक्टर र भौतिक सुविधा अन्य सेवाग्राही सरह प्राप्त गर्न सक्ने हस्पिटलका प्रवक्ता प्रमिस गिरीले बताएका छन । अन्य ठाउँमा सेवालिदा तोकिएको औषधी र उपचार सन्तोषजनक नपाईएको गुनासा आईरहेएको अवस्थामा विएण्डसीले पनि यो सेवा सञ्चालन आउनु चुनौती जस्तो देखिन्छ, तर पनि हामि धेरै ठुला ठुला कामलाई सम्पादन सहज रुपमा गर्न सक्कने भईसकेका छौं, स्वास्थ्य विमा उपचार सेवालाई अन्य ठाउँको भन्दा राम्रो संग सेवा दिदै सरकारको योजनालाई सफल बनाउन सहयोग पुर्याउने प्रिन्शिपल डाक्टर रामप्रसाद उप्रेतीले प्रतिवद्धता जनाएका छन ।

झापामा निश्चित अस्पतालले मात्र स्वास्थ्य विमाका विरामीको उपचार गर्ने भएकाले सर्बसाधारणमा असजिलो भएकोमा अब केहि सहज हुने अनुमान गरिएको छ ।

 

यो पनि पढनुहोस्
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सकिन्छ । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सकिन्छ । तर, व्यक्तिगत झै–झगडाका कारण चोटपटक लागेमा, लागु तथा मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागेमा, गर्भपतन गरेमा, कस्मेटिक सर्जरी गरेमा भने यो सेवा पाइँदैन ।
७० वर्षमाथिका ज्येष्ठ नागरिकले बर्सोनी एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचार सुविधा पाउने भएका छन । मन्त्रिपरिषद् बैठकले ‘स्वास्थ्य बिमा नियमावली २०७५’ मा ज्येष्ठ नागरिकको बिमा शुल्क सरकारले तिर्ने व्यवस्था छ ।

नियमावलीअनुसार राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत परिवारका ५ जनासम्मले ३ हजार ५ सय रुपैयाँ तिरेर एक वर्षका लागि बिमाअन्तर्गत उपचार सेवा लिन सक्छन  । यसअघि २ हजार ५ सय रुपैयाँको प्रिमियम तिरेर ५ जनाको परिवारले स्वास्थ्य बिमाअन्तर्गत ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सेवा पाउने प्रावधान थियो । अहिले यसलाई बढाएर एक लाख र्पुयाइएको छ ।

परिवारको एक जनाले बर्सेनी स्वास्थ्य बिमाबापत १० हजार रुपैयाँ बराबरको उपचार सुविधा पाउने गरेकामा अब यो रकम दोब्बर अर्थात् २० हजार भएको छ । ‘ज्येष्ठ नागरिकलाई छुट्टै युनिट मानेर वार्षिक एक लाख रुपैयाँ बराबरको उपचार सेवा पाउने गरी राज्यले प्रिमियम तिर्छ । बोर्डको आकलनअनुसार मुलुकमा ७० वर्षमाथिका करिब १० लाख जना छन ।

नयाँ नियमअनुसार एउटा परिवारमा ५ जनाभन्दा बढी सदस्य भए प्रत्येक सदस्यबापत ७ सय रुपैयाँ तिर्नुपर्छ । सदस्य संख्या थपिँदा एउटा परिवारले अधिकतम २ लाख रुपैयाँसम्मको बिमा गराउन पाउँछ ।

स्वास्थ्य बिमामा सबै औपचारिक क्षेत्रका कर्मचारीले आम्दानीका आधारमा कुल तलबको १ प्रतिशत रुपैयाँ योगदान गर्नुपर्नेछ । ‘एउटा परिवारको कर्मचारी रहेको मूल व्यक्तिले एक लाख वार्षिक तलबमा १ प्रतिशत रकम स्वास्थ्य बिमा प्रिमियमका रूपमा तिर्नुपर्छ ।

‘नेपालमा स्वास्थ्य बिमा कार्यक्रमको सफलता सरकारी स्वास्थ्य संस्थाको गुणस्तरसँग जोडिएको छ, सबैभन्दा पहिले संघ, प्रदेश वा स्थानीय सरकारबाट सञ्चालित स्वास्थ्य संस्थामा जानुपर्छ । इमर्जेन्सी र रेफरल अवस्थामा भने निजी स्वास्थ्य संस्थामा समेत जान सकिन्थ्यो अहिले भने निजी अस्पतालमा पनि सुविधा उवल्बध गराईएको छ । बोर्डले हाल निजी र सरकारी गरी करिब दुई सय स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर