Aamsanchar

पदिय मर्यादा भुलेर अभद्र व्यवहार गरेको आरोपमा एनआरएन अध्यक्ष भवन भट्टलाई कार्वाहीमा गरे

Author Image
आइतवार, भदौ ८, २०७६

मदिराले अनियन्त्रित भएर उडानदल सदस्यलाई अभद्र व्यवहार गरेको आरोपमा गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्ट र संचारकर्मी सनत न्यौपानेलाई सिल्क एयरले विमानबाट उतारेको छ।

उनीहरूले शनिबार पौने १० बजे त्रिभूवन विमानस्थलबाट सिङ्गापुर उड्ने तयारीमा रहेको सिल्क एयरलाइन्सको फ्लाइट नम्बर एसएलके ४१३९कल साइन एमआइ४१३० विमानमा मदिरा सेवन गरेर होहल्ला गर्दै विमान दलमा रहेका सदस्यहरूलाई अभद्र व्यबहार गरेपछि सो एयरलाइन्सले विमानस्थल प्रहरीको सहयोगमा विमानबाट निकालेको विमानस्थल श्रोतले बताएको छ।

विमान चढेर सिटमा बसिसकेका उनीहरूलाई सिल्क एयरका क्याप्टेनले नै साथै उडाउन नसकिने भन्दै विमानबाट ओर्लिन भनेका थिए। त्यसमा विवाद भएपछि सिल्क एयरले प्रहरी बोलाएर उनीहरूलाई विमानबाट बाहिर लगेको थियो।

उनीहरूले सो विमानका कर्मचारीका अलावा विमानस्थल कर्मचारी एवम् ड्युटीमा रहेका प्रहरीहरूलाई समेत अभद्र व्यवहार गरेको प्रहरीको दाबी छ।

विमानबाट निकालिए पछि भट्टको साथमा सिंगापुर उड्न लागेका सनत न्यौपानेले आफ्नो कारणले डिपोर्ट गरेको भनेर समाचार आएको भन्दै फेसबुक लाइभ मार्फत आपत्ति व्यक्त गरेका छन्। उनले फेसबुकमा आफ्नो भनाइको लाइभ गर्दै सो कुरा बताएका हुन्।

सेटोपाटीबाट साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)