Aamsanchar

पढ्न साढे ३ घण्टा लाग्ने, अंग्रेजी शब्द

Author Image
बुधवार, भदौ ११, २०७६


एजेन्सी ! आम रुपमा मानिसहरुलाई युरोपको कुनैबेलाको मुलुक हाल टुक्रिसकेको चेकोस्लोभाकिया जस्ता अंग्रेजी शव्द उच्चारणसमेत गाह्रो हुन्छ । तर जब कुनै एउटा अंग्रेजी शव्द उच्चारण गर्नका लागि साढे ३ घण्टा लाग्यो भने के होला ? हो, यो दुनियाँमा एउटा यस्तो अंग्रेजी शब्द छ जसलाई पढेर सिध्याउन साढे ३ घण्टा लागछ। एउटा मात्र शब्द पढ्नका लागि साढे ३ घण्टा लाग्ने कुरा पत्यार नलाग्न सक्दछ । तर नपत्याएर के गर्नु ! १ लाख ८९ हजार ८ सय १९ वटा अक्षरले बनेको उक्त अंग्रेजी शब्दको सही उच्चारण गर्न जो कोहीलाई दाँतबाट पसिना छुट्दछ ।

यो शब्द मानिसको शरीरमा पाइने टिटिन नामको एक प्रोटिनको रासायनिक नाम हो । वैज्ञानिकहरुका अनुसार मानिसको शरीरमा २० लाख भन्दा धेरै प्रोटिन हुन्छन्, जो एमिनो एसिडबाट बन्दछन् । ती सबैमा टिटिन नै सबैभन्दा लामो प्रोटिन हो जसमा २६ हजार भन्दा धेरै एमिनो एसिड हुन्छन् ।सुरुमा टिटिनको रासायनिक नामलाई अंग्रेजी शब्दकोषमा राखियो । तर जब यो नामले नै समस्या सिर्जना गर्यो, तब त्यसलाई शब्दकोषबाट हटाइयो र टिटन भन्ने शब्द मात्र राखियो ।
टिटिन प्रोटिन सनु १९५४ मा रेजी नटोरीले पत्ता लगाएका थिए । सन् १९७७ मा कोस्सक मरुमायालगायतले यसमा थप अनुसन्धान गरे र त्यसको नाम कोन्नेक्टिन राखे । त्यसको दुई वर्षपछि कुआन वांग लगायतले यो प्रोटिनको नाम टिटिन राखे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर