Aamsanchar

आजको राशीफल ( २०७६ भदौ १९ गते बिहिबार )

Author Image
बिहिवार, भदौ १९, २०७६

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोप लाग्न सक्छ । व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सतर्क रहनु पर्नेछ ।

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । भौतिक साधन जुटाउने समय छ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, हा

अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ ।

सिंह

९मा, मि, मु, मे, मो, टा, टि, टु, टे

गरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ ।

कन्या

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

वृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएल सचेत रहनु होला ।

मकर

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । मानसिक चिन्त वढेपनि कार्य क्षेत्रमा प्रगति हुनेछ ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

जोश जाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । ( ज्यो।प। नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर