Aamsanchar

तराई देखि हिमाल सम्म डेंगु

Author Image
शुक्रवार, भदौ २७, २०७६

ताप्लेजुङ । तराइ हुदै चुरे पहाड तिर महामारीको रपमा फैलिदै गरेको डेंगु रोग उच्च पहाडी क्षेत्र र मा पनि फैलिन थालेको छ । हिमाली जिल्ला ताप्लेजुङमा संक्रमित बिरामीहरु फेला परेका छन् । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाकी एक महिलामा डेंगु रोगको संक्रमण फेला परेको हो ।

जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामाका अनुसार संक्रमित महिलालाई थप परिक्षणका लागि रेफर गरिएको छ ।

यसअघि पनि २ जनामा डेंगु देखिएको भनिए पनि उनीहरु अन्य जिल्लामा गएर फर्किएकाले त्यहिँ संक्रमण भएको आशंका गरिएको थियो । तर यी महिला भने जिल्ला बाहिर पनि नगएको बुझिएको डा लामाको भनाई छ ।

ताप्लेजुङको हावापानीमा एडिज एजिप्टाइ र एडिज अल्वो पिक्टस प्रजातिको पोथी लामखुट्टे भेटिने सम्भावना कम भएपनि यस रोगको संक्रमण भेटिनुले यसलाई चुनौतिको रुपमा लिनुपर्ने लामाले बताए । डेंगुबाट बच्न नागरिक स्वयं नै सचेत बन्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)