बिर्तामोड, कात्तिक १४ । मेला बजार, महोत्सव भन्ने वित्तिकै स्थानिय उत्पादनको विक्री, प्रवर्धन अनि आन्तरिक पर्यटनको प्रचारप्रसार गर्नकै लागि आयोजना गरिने गरिन्छ । अबको तिन महिना देशका विभिन्न स्थानमा महोत्सव आयोजना हुने गर्छ,जसका करण स्थानियले व्यापार, लगायत विभिन्न लघुउद्यमशिलताका बस्तु बेचेर राम्रो आम्दामी पनि गर्ने गर्छन धेरै भन्दा धेरै स्थानिय र छिमेकी नगर गाउँपालिका अनि जिल्लाबाट महोत्सव हेर्न आउनेको घुईचो नै हुने गर्छ ।
त्यसस्तै हल्दिबारीमा पर्यटकको ध्यान खिच्न र स्थानिय स्तरको चौतर्फी विकासको लागि प्रथम हल्दिबारी महोत्सव कात्तिक ९ गतेबाट भेलागडी सामुदायिक बन क्षेत्रमा आयोजना भएको छ । आज ५ औं दिन सम्ममा आईपुग्दा महोत्सवमा अवलोकर्ताको उपस्थिती भने अत्यन्तै नियुन रहेको पाईएको छ । हाल सम्ममा २ लाख ८० हजार मात्र संकलन भएको छ । त्यसमा पनि प्रवेश शुल्क, पार्कीङ, खेल, नौकासयर लगायत सबै आम्दामीलाई एकमुष्ट गर्दाको रकम हो । यो रकमलाई हेर्दा सरदर दिनको ३५ हजार घाटामा भएको महोत्सव सचिवालयले जानकारी दिएको छ । दैनिक खर्चमा खाना ५ हजार, साउण्ड स्टिम १३ हजार, उद्घोषण २ हजार ५ सय, मञ्च ३ हजार, खेल २५ हजार र ५ हजार देखि ६५ हजार सम्म कलाकारको खर्च छ ।
महोत्सव स्थलमा १ फिल्म हल, १ रोटेपिंङ, एक घुमाउने पिंङ अनि सानासाना बालबालिकाको लागि दुईवटा पिंङ राखिएको छ, दुईचारवटा खाजा नास्ताका दोकान छन, १ स्थानिय उत्पादन ढाका कपडाको स्टल, एक वटा मिठाई दोकान रहेको छ, त्यस्तै दुईचारवटा वेदका रिंङ हान्ने स्टलछन बाकी सबै स्टल खाली छ । केही स्टलका व्यापारीले व्यापार ल्याउन छोडीसकेका छन । यस्तै कयौं कारण र समस्यामा गुर्जिएको छ महोत्सव ।
विहान देखि स्टलमा पुगेर ग्राहकको पर्खाईमा रहेका हुन्छन व्यापारी दिन भरी महोत्सव भर्ने मान्छे देख्नै पाईदैन जब साँझ पर्यो अनि १ दुई सय मानिस आउछन आएका मानिस घरबाट खाना खाएरै आउछन महोत्सवमा रहेको खानेकुरा बिक्ने कुरै भएन, आयोजक मात्र हैन व्यापारी पनि दैनिक घाटा व्यहोर्न बाध्य छन ।
हल्दिबारी गाउँपालिका र भेलागढी सामुदायिक वनले आयोजना गरेको महोत्सव किन असफल भईरहेको छ भन्ने कुरामा धेरैैको बिचार बिभाजित भएको छ । दैनिक ल्याईने राष्ट्रिय स्तरका कलाकार छनौटको विषयलाई लिएका छन केहीले भने, केहीको प्रतिक्रिया महोत्सवको प्रयाप्त तयारीको कमी प्रचार प्रसारमा पुरानो शैलीको प्रयोग जस्ता बिषयहरु औलाईरहेकाछन स्थानिय युवाहरुले ।
व्यापारीहरु पिंडा यस्तो छ
स्थानिय देवकी राजवंशीले चटपटे दोकान थापेकी छिन उनको दुईदिन बोहोनी पनी भएन दुईदिन दिनको १ सय पचासको दरले व्यापार भयो, यो व्यापारले उनलाई पिंडा बढाएको छ । दिनभरी जंगलमा धुलो खादै बस्यो हातलागी सय दुईसय हुदाँ आयोजकलाई तिर्नु पर्ने ५ हजार कसरी तिर्ने भन्ने चिन्ताले झन सताएको छ ।
अर्का व्यापारी खड्ग राजवंशीको पिंडा झन ठुलो छ उनको दोकान पनि ठुलो छ धेरै लगानी छ दिनको २५ सय कवोलेर कालिगढ राखेका छन आफूपनि खटेका छन तर उनको मिठाई दोकानको व्यापार भने दिनको १५ सय देखि दुईहजार मात्र छ उनि भन्छन आयोजकले धेरै कर लियो प्रवेश शुल्क पनि धेरै लियो तर भित्र केही व्यवस्थापन राम्रो गरेन त्यसैले मान्छे आएनन म चुर्रलुम्मै घाटामा डुवे, यस्तो कही कतै भएको थिएन यहाँ आउनु वेकार भयो ।
यी त प्रतिनिधी पात्र व्यापारी मात्रहुन सबै व्यापारीको अवस्था उस्तै छ । अलि वरपरका मानिसहरु महोत्सवमा दिउसो पुगे भने सुनसन पाउछन अनि मन बहलाउन जंगलको सयलमा टहलिएर पर्कनु पर्ने हुन्छ, महोत्सवको महसुस गर्न पाउदैनन, वेलुका ७ बजेवाट हल्का मानिसको चहलपहल सुरुहुन्छ त्यसमा पनि युगलजोडी प्रेमीप्रमिकाको हुल, जंलका विचविचमा बनाईएका टहरा कव्जा गरेर बस्छन सामान्य सोचराख्नेहरु त्यस क्षेत्रमा जाई सक्नु हुदैन । राती १० बजे सम्म चल्ने महोत्सवमा सकारात्मक भन्दा नकारात्मक सोच भएकाहरु बढी आउने हुदा शान्ति सुरक्षामा पनि चुनौती बढेको छ । जंगली जनाबरबाट हुनसक्ने आक्रमण र उसृंखल गतिविधीले निम्त्याउन सक्ने दुर्घटनाले आयोजकलाई झन तनाव थपेको एक स्वंमसेवकले बताए ।