Aamsanchar

चलचित्रको ‘आमा’ : युटुब ट्रेन्डिङको पहिलो स्थानमा

Author Image
आइतवार, पौष ६, २०७६


चलचित्रको ट्रेलरले युटुब ट्रेन्डिङको पहिलो स्थान पाउन सजिलो छैन । किनकी, चलचित्रको ट्रेलर दोहोर्याएर हेर्ने जमात निकै कम हुन्छ । यसमाथि, पछिल्लो समयमा नेपालमा साउथ चलचित्रको दबदबा खुबै छ । यटुबुमा साउथ चलचित्र हेर्ने जमात बढेको छ । अहिले पनि युटुब ट्रेन्डिङमा साउथका चलचित्रको दबदबा नै छ ।

तर, बिहिबार सार्वजनिक भएको चलचित्र ‘आमा’को ट्रेलरले युटुब ट्रेन्डिङको नम्बर १ स्थानमा पकड जमाएको छ । मिथिला शर्मा, सुरक्षा पन्त लगायतका कलाकारले अभिनय गरेको चलचित्रको ट्रेलरलाई दर्शकले रुचाएका छन् । धेरै दर्शकले चलचित्रको ट्रेलरले नै रुवाएको प्रतिक्रिया समेत दिएका छन् ।

निर्देशक तथा लेखक दीपेन्द्र के खनाल भन्छन्–‘दर्शकबाट पाएको प्रतिक्रियाले हामीलाई उत्साहित बनाएको छ । तर, ट्रेलर रिलिज भएपछि दर्शकको अपेक्षा निकै बढेको छ । दर्शकको अपेक्षा अनुसारको चलचित्र पस्कनका लागि हामीले मिहिनेत गरेका छौ भन्ने लाग्छ ।’

शर्मिला पाण्डे निर्मित यो चलचित्रले एउटा ‘आमा’ले घर परिवार र सन्तानका लागि गर्ने संघर्ष र पीडाको कथा भन्छ । फागुणको ९ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर