Aamsanchar

निर्मला घटनामा आधारित भनिएको चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक

Author Image
आइतवार, पौष ६, २०७६


‘कोपिला’को ट्रेलर सार्वजनिक गरिएको छ। गणेश गिरीको प्रस्तुति, शिवम् अधिकारीको निर्देशन तथा मनिराज गौतमको निर्माणमा चलचित्र ‘कोपिला’ निर्माण भएको हो।

गत वर्षको साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा भेटिएकी १४ वर्षीया बालिका निर्मला पन्तको घटनामा आधारित भनिएको चलचित्र‘कोपिला’को ट्रेलरमा त्यही घटनाको झझल्को दिने दृश्य समावेश गरिएको छ।

परिवारमा दुःखद घटना घट्दा भोगेको पीडा, न्यायका लागि गर्नुपर्ने संघर्ष, हत्या भएको लामो समय बित्दा पनि सरकारले दोषी पत्ता लगाउन नसक्नु, पीडितलाई न्याय दिलाउन नसक्नु तथा राजनीतिक र सामाजिक रूपमा देशको विषम परिस्थिति चलचित्रको सारका रूपमा बुझ्न सकिन्छ।

चलचित्रमा कोपिला पात्र निर्मलाको विम्वका रूपमा प्रस्तुत छिन्। अधिकारीकै लेखनमा तयार चलचित्रमा सरिता गिरी, गणेश गिरी, रिद्धीचरन श्रेष्ठ, विमल पौडेल, प्रेम वर्षा खनाल, अस्मिता जुरेली लगायतको अभिनय छ। रामेश्वर कार्कीको छायांकन रहेको चलचित्रमा बन्दे प्रसादको सम्पादन छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर