Aamsanchar

सहरमा गाउँले परिकार, शनिबार बिर्तामोडमा खाना महोत्सव हुने

Author Image
बुधवार, माघ ८, २०७६

चारपाने।  जाडोलाई मध्यये नजर गरेर विभिन्न ठुला ठुला कार्यक्रम आयोजना गरिने चलन पुरानै हो, त्यसमा पनि खानाका परिकार प्रर्दशनी र विक्री गरिने नेपाली परंम्परा पनि हो ।  उद्यमी संघ नेपाल झापाको आयोजनामा बिर्तामोडमा खाना महोत्सवको आयोजना गरिने भएको छ ।

नेपाल भ्रमण वर्षमा स्थानीय खानाको प्रवद्र्धन गर्ने उद्धेश्यले बिर्तामोडमा शनिवार खाना महोत्सवको तयारी गरिएको महिला उद्यमी संघ नेपाल झापाकी अध्यक्ष गोमा भट्टराईले बताइन् ।

महोत्सवमा नेपाली परिकार स्वदेशी उत्पादन ढिँडो, गुन्द्रुक, सेलरोटी , खीर , अचार, तरकारी, फापरको फुरौला, सिस्नोको सुप लगायत मौलिक परिकार उपलव्ध गराइने बताइको छ ।

केहि दिन अघी आदिवासी राजवंशी लगायतका समूदायले भाक्का दिवस सफलतापूर्वक सम्पन्न गरेको स्थान बिर्तामोडस्थित वनस्टप मलमा खाना महोत्सवमा हुने भएको हो । एक सय रुपैयाँमा खाना उपलव्ध गराइने र उक्त महोत्सवबाट संकलित रकम खर्च कटाएर महिलाहरुलाई आयमुलक सीप प्रदान गर्न खर्च गरिने अध्यक्ष भट्टराईले बताइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 673

प्रतिक्रिया (०)

सम्बन्धित खबर