सव्द/तस्वीर : बिनोद पाण्डे
हुनत नेपालमा जे जती ठाउँहरुको प्रचार भएको छ धार्मिक दृष्टीकोणले मात्र भएका छन । अन्य सम्भावनाले प्रयाप्त भए पनि त्यस ठाउँलाई कपोकल्पित धार्मिक किम्वदन्ती बनाएर भए पनि धार्मिक स्थल बनाउने गरेका धेरै प्रमाणहरु छन, तर त्यसो गर्नु पनि समाजको हितकै लागि गरिएका काम हुन् । शताक्षीधामको धार्मिक महत्वको बारेमा ठुलाठुला ग्रन्थहरुमै उल्लेख छ यसलाई कसैले नकार्न मिल्दैन ।
कुनै पनि एक धार्मिक क्षेत्र आफैमा पूर्ण पर्यटकिय क्षेत्र बन्न सक्दैन, तर प्राकृतिक श्रोत र विम्वहरु ले धेरैलाई आर्कशित पार्ने गर्छ, त्यो ठाउँनै वास्तिविक पर्यटकिय क्षेत्र मानिन्छ, ताकी सबै जात धर्मका मानिस पुग्न सकुन ।
धार्मिक भन्दा प्राकृतिक स्थानले भरीपूर्ण रहेको ठाउँमा संसारका मानिस एक देश देखि अर्को देश सम्म पुगरेर प्रकृति संग रमाउने गर्छन । नेपाल भित्र भित्र त झन असम्भव हुने कुरै भएन, धार्मिक महत्वलाई वढी प्रार्थमिता दिईएका ठाउँ भए पनि प्रकृति द्वारा सृजना भएको शुन्दर कलाकारितालाई धोरै समय र कम खर्चगर्दा धेरैकुरा देख्न, सिक्न र अनुभाव गर्न सकिन्छ ।
नेपालमा साचै भन्नु हो भने हरेक रमणिय क्षेत्रमा धार्मिक स्थल निर्माण नगरिएको सायदै ठाउँ छैन होला, मन्दिर, देवीदेउरालीथान त्यो पनि हुननसको ठाँउमा ढुङालाई ठडियाएर भए पनि पुजा गर्ने चलन छ । के यो पहिलो आवसेकता नै हो र रु ।
झापामा यस्तो ठाउँ पनि छ जोठाउँ धार्मिक क्षेत्रले मात्र प्रचार पाएर प्राकृतिक पर्यटनको हिसावले ओझेलमा परेको छ, त्यो ठाउँ धार्मिक दृष्टीले मान्ने हरुकालागि आफ्नै महत्व होला तर प्राकृतिक महत्वको हिसावले मान्ने हो भने शिवसताक्षी नगरपालिकामा पर्ने सताक्षी खोला र त्यहाँ रहेको बनस्पती रुख, डाडाँकाडाँ, खोल्सा अनि ओढारलाई मात्र निहाल्ने हो भने दुईचार दिन लाग्न सक्छ । मनलाई छुट्टै आनन्द लाग्छ देश नै यस्तै बातावण युक्त भए हुन्थ्यो, सधै यस ठाउँमा आईरहन सके हुन्थ्यो जस्ता अनेकौ महोत्कांक्षहरु मनमा उत्पन्न भएर आउछ ।
पूर्व पस्चिम राजमार्गबाट ३ किलो मिटर उत्तरमा रहेको यस ठाउँमा यस्ता अनेकौ विशेस्ता र महत्वका वस्तु देख्न सकिन्छ । सयौं प्रजातीका वृक्ष, जंगली फूल, गोलाकार चम्किला ढुङा, पहरामा हजारौं बर्षबाट पानी रसाएर बनेको अनौठा आकृतिहरु, जतात्यतैबाट विरेनुनको सुगन्ध सहित बगिरहेका तरल बस्तु जस्ता सयौं अनौठा प्राकृतिक संरचना देख्न र महसुस गर्न सकिन्छ ।
घनाजंगल भएकोले जंगली जनावर पनि प्रसस्त रहेको स्थानिय बताउछन । बाघ, भालु, मृग, बदेल लगायतका धेरै जनावरलाई समय बनाएर हेर्योभने देख्न सकिन्छ । बादरको संख्या अलि धेरै रहेकोले गौडा गौडामा बादरले जिस्काउने आवाज र दृष्य झन मनमोहक रहने गर्छ । यस ठाउँमा जनावरको साथै पन्छीहरुको संख्या पनि अत्याधिक रहेको र नेपालमा दुर्लभ मानिने चरहरु यस क्षेत्रमा रहेकोले आफू प्राय यही स्थानमा चराको फोटो खिच्न आउने गरेको फोटोपत्रकार देवेन्द्र खरेल बताउछन ।
१० मिनेटको पैदल यात्रा गर्दै अलि उभो जानेको हो भने झण्डै एकसय मिटरको छागो रहेको छ त्यहाँ सम्म नपुग्ने हो भने सताक्षी गएको औतित्य पुरा हुदैन । जलचर परपर्यावरणले मोहितनै बनाउछ । अझ फोटो खिच्न रुची राख्नेहरुका लागि त स्वर्गनै यही रहेछ भन्ने भानपर्छ । फोटो खिच्न तछाड मछाड गरेको देख्दा चिप्लो ढुङा र माटोका कारण चिप्लिएर दुर्घटना निम्तिन्छकी भन्ने भय भने अलि बढी रहन्छ । सावधानी अपनाउनेहरुको लागि भने कुनै समस्या छैन सताक्षी झरना क्षेत्र ।