Aamsanchar

मोडलिङमा रमेश र सुजाको सम्वन्ध प्रगाढ

Author Image
बिहिवार, माघ २३, २०७६

झापा विर्तामोडका रमेश तिवारी मोफसलमै बसेर पनि कलाकारिता क्षेत्रमा सक्रिय छन् । मुख्य पेशाले पत्रकार रहेका उनी दुबै क्षेत्रमा अघि बढीरहेका व्यक्ती हुन् ।पत्रकार पछि कलाकार भएको भन्दै उनले यि दुबै पेशालाई सम्मानजनक तरिकाले अंगालेको बताउछन । रमेश सूर्योदय टेलिभिजनको समाचार प्रमुख हुन् ।

पछिल्लो समय कलाकारिता क्षेत्रमा छाडापन भित्रिएको भन्दै यसलाई रोक्न सम्बन्धित सबैले ध्यान दिन आवश्यक रहेको रमेशको भनाई छ ।दर्जनौ म्युजिक भिडियोमा अभिनय गरीसकेका उनले नयाँ गीतहरुको काम भईरहेको जानकारी दिए । दुबै क्षेत्रमा रहँदा समय व्यवस्थापन गर्न गाह्रो भएपनि एक अर्काको परिपुरक क्षेत्र रहेकाकारण यसमा आफु सन्तुष्ट रहेको उनको धारणा छ ।

रमेशले अभियनय गरेको नयाँ म्युजिक भिडियो ‘अटो रिक्सामा’ रिलिज हुने तयारीमा छ ।

त्यसैगरी झापा चारपाने निवासी नव मोडल सुजा पौडेल पनि मोफलमै आफ्नो भविश्य खोज्दै छिन् उनले  म्यूजिक भिडियो, सर्ट फिल्म, विज्ञापनमा अभिनय गरिसकेकी छन् हाल अभिनयका लागि नाटक थ्रेयटर धाईरहेको बताउछिन ।
२० बर्षको उमेरमै झापामा आफूलाई मोडलिगको दुनियामा आफ्नो परिचय स्थापित गर्न र व्यवसायीक मोडल बन्नको लागि रात दिन मोडलिककै बारेमा सोच्ने र अध्ययन गरिरहेको बताउछिन ।  पछिल्लो समयमा रमेश र सुजाको मोडलिङ यात्रा संगसंगै बढिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 434

प्रतिक्रिया (०)

सम्बन्धित खबर