Aamsanchar

उखुबारीमा हत्या गरी फालिएको शव पहिचान खुल्यो, दुहवीकी सम्झना रहेको रहेछ

Author Image
शुक्रवार, माघ २४, २०७६

विराटनगर १२ उखुघारीमा हत्या गरेर फालेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

बिहान करिब ११ बजेतिर ट्याक्टर चालकले पिसाब फेर्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान तत्काल खुल्न नसके पनि अपरान्ह करिब ३ बजेतिर शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

३२ वर्षीया महिलाको नाम सम्झना खत्री परियार रहेको छ । उनी दुहवी नगरपालिका ६ का स्थायीबासी हुन् । उनको श्रीमान् विकास परियार इलाममा टेलर्स व्यवसाय गर्दै आइरहेका थिए । विकासले श्रीमतीको पहिचान गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा दोस्रो व्यक्तिसँग लभ अफेयरका कारण हत्या भएको हुनसक्ने देखाएको छ । उनी मङ्गलबारदेखि हराइरहेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 267

प्रतिक्रिया (०)

सम्बन्धित खबर