Aamsanchar

संजालले चलाउदै देश को शासन सत्ता र सुरक्षा निकाय

Author Image
शुक्रवार, फागुन २, २०७६

भन्दा र सुन्दा सामान्य लाग्छ र सामान्य नै पनि हो | आजकालका  हरेक कुराहरु चाहे विकास का हुन् , बिरोध का हुन् , अनुसन्धान का हुन् वा चाहे बिधान का हुन्| सबै भन्दा पहिले त् शीर्षक निकिन्छ |

बिषय बस्तु बहस, छलफल, अनुसान्धान का क्रम मा अघि बढन पाउनु अघि नै सामाजिक संजाल मा प्रवेश(पोस्ट) हुन्छ| अब यो संजाल एउटा एस्तो ठाउ हो जहाँ पार्लियामेन्ट हुन्छ २ तिहाई हुन्छ अड्डा हुन्छ अदालत हुन्छ वकिल वकालत हुन्छ | र अन्त्य मा फैसला पनि त्यहिँ हुन्छ | सजाय र क्षतिपूर्ति मात्र कति हद सम्म सरकार ले गर्नेगर्छ नत्र बाद बाकि का सबै संजाल प्रयोगकर्ता ले नै गर्छन| रिप र श्रद्धाञ्जली लेखेर गालि गरेर ,पोर्न स्टार को फोटो संग् टाउको जोडेर , नाता प्रमाणित गरेर यस्ता धेरै तरिका छन् सजाय का | जुन भोग्न त गार्हो हुन्छा नै भोगी सके पछि बाच्न नि सकस हुन्छ | समग्रहमा भन्नु पर्दा यस्ता सजाय खाडी मुलुक मा दिइने फासी(मृत्यु दण्ड ) भन्दा भयाबह हुन्छन|

हुन त् सरकार र  नेतृत्व पक्ष् ले विश्वसनियता गुमाएका कारण ले पनि हुन्छ चाहे त्यो द्दन्दकाल होस् वा लोकतन्त्र स्थानापछी को समय मा होस्| भ्रस्टाचार, हत्या, हिंसा, अराजकता. मनपरीतन्त्र,विकास गति , शिक्षा ,रोजगार जस्ता कुरा बाट जनविश्वास, मरेर आजित भएका जनता हरु को भडास हो  र यो पोख्ने ठाउ पनि संजाल नै हो | नेतृत्व सरकार पक्ष् ले जनता को चाहाना बुझेर राम्रो गति लिएको भए सायद यस्ता नैबत्  हरु आउदैनथियो होला |

अब गरौ प्रभाब का कुरा 

संजाल ले सकारात्मक र नकारात्मक दुवै प्रभाब पार्छ र पारेको पनी छ | तर जब अराजकता तिर उन्मुख हुन्छ तब यो संजाल ले देश को शासन सत्ता ,सुरक्षा निकाय, र बिकास क्रम का काम मा पनि दुश्प्रभाब पारेको देखिन्छ| हाम्रो देश का सामाजिक संजाल प्रयोग कर्ता र संजाल हेर्दा ३. समूह बढिनै हाबी छन् |

१. एउटा सामाजिक अथवा राजनीतिक स्तर मा उचित स्थान पाउन , बनाउन नसकेको र अवसर को खोजिमा तल्लिनरहेको  समूह

२. अर्को देश मै केहि गरौ भन्दा उचित रोजगार को ब्यबस्था नभई आर्थिक मार बाट पिल्सीयर विदेशिएको समूह |

३.देश भित्रै सु-शासन ,सरकारी सु-ब्यबस्था , न्याए, नपाएर गरिबि कोचपेटा मा छटपटाइ रहेको समूह |

कति पिडित हरु ले न्याए पाएका छैनन् | कति को भविष्य गुमेको छ भने कति लाइ समाज मा बाच्नु पनि मृत्यु दण्ड को सजाए भन्दा भयाबह बनेको छ |

कति सरकारी योजना बहस का बिसय बनेका छन् | कति राम्रा र दीर्घकालीन प्रोजेक्ट उम्किने अबस्था मा छन् | सु –प्रभाब पनि होलान तर दुश्प्रभाब पनि बढी यिनीहरु बाटै परेका छन् |

घटना क्रम र प्रभाब हरु हेर्न इतिहास नै हेर्न्नु पर्दैन अस्ति भर्खर कंचनपुर को निर्मला पन्त बहिनि बलात्कार र हत्या प्रकरण हेरौ घटना घट्यो |एउटा मानसिक सन्तुलन गुमाएको अपराधि ले घटायो | प्रहरी ले छन् बिन र अनुसन्धान पनि गरिसकेको थियो , बस एउटा लोकल पत्रकार ले अतिरन्जित बनाउने प्रयास गर्यो , त्यो पनि लोकल प्रहरी प्रसासन ले त्यसलाई थान्को लगाउन सक्थ्यो , कुरा स्थानीय तह वा अदालात बाटै सकिन्थ्यो , पिडित बहिनि ले न्याय पाउथिन , परिवार ले क्षतिपूर्ति पाउथे , नहुनु पर्ने न घटनु पन्रे घटना घटिसके पछी समयमै टुंगो लागथ्यो |

तर हैन त्यहा ति ३ समूह का मान्छे समेटिए जब घटना ले सामाजिक संजाल मा प्रवेश गर्यो | सबैले आ-आफ्नो अवसर पाए | राजनीति परिवेश का लाइ स्थान बनाउने मौका भयो | युटुबरलाइ डलर खेति भयो  , देश मा स्थान नपाएका हरु ले NRN तिरा नेतागिरी गरे | तेश्रो लिंगी का अनुहार परेका हरु पनि ,जापान, इजरायल , अस्ट्रेलिया , अरब. मलेसिया तिर बाट सेलिब्रिटी बने | सरकार लाइ गालि, प्रशासन को बेजती, नाना थरि गरे| आफै केहि बोल्न नसक्ने हरु तिनीहरुकै बुइ चढेर घटना लाइ अतिरन्जित गर्दै ,स्कुल पढदा क्लास मनिटर हुने हैसियात नभएका लाइ अभियान्ता र leader बनाए कोहि पेटिकोट बाबा बनेर भाइरल भए पुलिस प्रशासन, घटना,सुरक्षा निकाय ,अनुसन्धान ,सरकार सबै प्रभावित भए |

रिजल्ट के त् ? ६/८ जना निष्ठा वान प्रहरी अधिकृत बर्खास्त भए | सयौ सोझा साझा जनता स्थानीय तह मा घाइते भए ,कसै ले ज्यान गुमाए,| २/४ जना चेलीले  समाज मा नबिक्ने गरि इज्जत गुमाए| सरकारलाई घुडा टेकना बाध्य बनाए | सरकार पनि लाचार भयो , अहिले त्यहि मानसिक रोगि दिलिप अपराधी साबित हुदै छन् अरु त् कोहि भए पो हुन्छ त् | तर पुर्बग्रह राखेर धेरै को जिबन संग खेलबाड भयो ति क्षतिपूर्ति कसले ,कहा बाट , कसरि, परिपूर्ति गर्ने?कसले  दिलाउने? सक्छ कसैले?  बस यहा त् काम खतम पैसा हजम|

डक्टर गोबिन्द केसी अर्को मोहोरा बने | बिचार शान्त सत्याग्रह राखी जनहित मा काम गरिरहेको मान्छे को हुर्मत लिए| उनको सत्याग्रह लाइ हिंश्रक बनाए | फेरी सरकार सामु कुनै माग जनता को पक्ष मा लिएर जादा पनि नबिक्ने बनाए |

डिप्रेसन को शिकार भइ आत्महत्या गर्ने पत्रकार शालिकराम पुडासैनी को आखा मा मान्छे को चित्र हालेर घटना दिशा मोडने पनि यिनै तत्वहरु हुन् |

अहिले यहि हुल फेरी देश को रंगशालामा र अमेरिकी सहयोग  MCC प्रोजेक्ट को बिसय लाइ लिएर ताण्डव मचाउदै छन्| एक दुइ जना नाइके बनेर नाना थरि गालि,बेइजाती र सत्तो सराप गर्छन अरु उनीहरुकै बुइ चढेर स्याल हुईया मचाउदै छन्| कति ले त् रबि लामिछाने लाइ सुद्द जोडेर खबर हरु प्रकशान गर्दै छन् CIA को साउथ एसिया एजेन्ट भन्ने समाचार सहित |

जान्ने र बुझ्ने हरु ले MCC बिपक्ष् मा बोलेका छैनन् जसले अलि अलि बोलेका छन् त्यो पनि केहि बुदा हरु सच्याएर अनुदान स्वीकार्न सहमति जनाएका छन्| कुलमान घिसिंग MCC compact नेपाल को बोर्ड मै छन् किन बिरोध गर्दैनन् त् ? भातमारा ज्ञावाली पेरु र फुजिमोरी को उदहारण दिन्छन| पास गर्ने  उनीहरुलाई डर छैन भोलि म फुजिमोरी हुन्छु भन्ने ? केहि दिमाग मा  बिर्को लागेका हरु इराक,अफगानिस्तान , सिरिया,यमन का उदाहारण दिन्छन जहाँ MCC लागु भाकै छैन|

MCC ले नेपाल Afghanistan, Iraq, सिरिया, Yemen  जस्तै बन्छ भनेर भन्दैछन। ति देशहरु Islamic terrorist ले गर्दा ध्वस्त भएको हो। Afghanistan, Iraq, Syria मा MCC को प्रोजेक्ट नै छैन।  

MCC लागु भएपछी अमेरिकी सेना आउछ, देश ध्वस्त हुन्छ भन्नेहरुले MCC कहाँ कहाँ सफल भएको छ भन्ने लिस्ट हेर्नुहोस।

1) MCC compact सफल भएका राष्ट्रको सुची-

Albania, Armenia, Georgia, Ghana, Hondurus, Indonesia, Jordan, Lesotho, Malawi, Moldova, Mongolia, Morocco, Mozambique, Namibia, Nicaragua, Paraguay, Philippines, Rwanda, Sao Tome, Senegal, Tanzania, Uganda and Vanuatu.

2) MCC compact 1 सफल भएर MCC compact 2 लागु हुदै या हुने चरणमा रहेका राष्ट्रको सुची

Benin, Burkina Faso, El Salvador, Ghana, Indonesia, Lesotho, Malawi, Mongolia, Mozambique, Senegal।

3) MCC compact 1 and 2 सफल भएका राष्ट्रहरु-

Cabo Verde & Georgia

4) MCC compact एकपक्षीय रुपमा अमेरिकाले बदर गरेको देशहरु –

Madagascar(2009 मा अप्रजातान्त्रिक तरिकाले सत्ता हत्याएको कारणले), Tanzania (पहिलो MCC compact सफल भएपनि दोश्रो को प्रगति संतोषजनक नभएकोले)

यो भन्दा बढी के प्रमाण चाहियो अब MCC बारे? अमेरिकाले बिकाश गर्नलाई नै MCC अनुदान  दिएको हो, माथि लेखिएको कुनै पनि राष्ट्रमा के अमेरिकाले तबाही मच्चायो? के माथि लेखिएका कुनै देशलाई अमेरिकाले ध्वस्त बनाएको छ? स्मरण रहोस इराक, सिरिया, अफगानिस्तान, यमन इत्यादिमा अहिले सम्म MCC लागू भएको छैन।

अमेरिकाको यी देशहरुमा या त सेना, नौसेना या एयर फोर्स छ:-

जापान, ताइवान, दक्षिण कोरिया, फिलिपिन्स, जर्मन, इटाली, बेल्जियम, बोस्निया, बुल्गेरिया, इज्राएल, कोसोभो, म्यासेडोनिया, कुवेत, स्पेन, बहमास, बहराइन, ब्राजिल, क्युबा, जिबुती, ग्रिस, ग्रीनल्याण्ड, पोर्तुगल, टर्की, बेलायत। के यी देश हरुलाई अमेरिकाले ध्वस्त पर्यो त?

MCC त सैनिक ल्याउने सम्झौता पनि होइन। यदि अमेरिकाले सेना ल्याउन चाह्यो भने नेपालको रोक्ने तागत छ? जाबो भारतले त हेर्दा हेर्दै कालापानी र सुस्ता त हडप्यो भने अमेरिकाले सेना ल्याउन चाहे हामीले रोक्न सक्ने कुनै उपाय छ? ५० वर्ष भन्दा बढी भयो USAID मार्फत अमेरिका नेपालमा छ, के नेपाललाइ ध्वस्त बनायो त अमेरिकाले? त्यसैले देश विकास को योजना बोकेर आको MCC लाइ IPS संग दाजेर पाखण्डी हरु बहस गराउदै छन्| दिघो र दीर्घकालीन बिकास को गतिलो पुर्बधार निर्माण गर्न सबै मिलौ र अनावस्यक शंका नगरी लागौ | सुधार्नु पर्ने केहि भए सुधारेर नत्र आफै सुध्रिएर अघि बढौ , अर्को पुस्ता ले थुक्क मेरा पुर्खा अर्का ले दिएको सहयोग पनि शंका गरेर लिएनन् नत्र हाम्रो देश पनि यस्तो हुन्थ्यो भनि भरात नदेखाउन|

||जय देश || बोलौ तर चाहिँदो र हित को कुरो मा |

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 271

प्रतिक्रिया (०)

सम्बन्धित खबर