Aamsanchar

चीनबाट छोराछोरी आएपछि परिवारको छटपटी सकियो

Author Image
आइतवार, फागुन ४, २०७६

काठमाडौं । आइतबार बिहान नेपाल वायु सेवा निगमको वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुदाँ धेरै अभिभावक खुसी भए । उद्धारका लागि विभिन्न मन्त्रालय धाएका उनीहरूले तब सन्तोषको स्वास फेरे, जब छोराछोरीले भक्तपुर खरिपाटीस्थित क्वारेण्टाइनस्थल पुगेर आराम गरिहरेको बताए ।

‘बल्ल हाम्रो छटपटी सकियो, जस्तै भए पनि आफ्नो देश भनेको आफ्नै हो,’ एक अभिभावकले छोराछोरी नेपाल आइपुगेको खुसी साट्दै भने ।

अबका १४ दिनसम्म क्वारेण्टाइनस्थलमा रहने छोराछोरीलाई भने उनीहरूले भेट्न पाउने छैनन् । सन्तानसँग भलाकुसारी गर्न नपाए पनि आफ्नै देशमा रहेकाले सँगै भएजस्तो लागेको अर्का एक अभिभावकले बताए । भने, ‘१५ औं दिनमा त भेटिहाल्छौं नि, अब त केही भए पनि आफ्नै देशमा त हो ।’

१७० जना अभिभावक जसरी खुसी भइरहेका छन्, ठ्याक्कै त्यसको विपरीत केही अभिभावकको छटपटी भने अझै सकिएको छैन् । छोरोछोरीको पर्खाइमा रहेका ती अभिभावक त्यतिबेला निराश भए, जतिबेला विमानस्थलमा आइपुगेका छोराछोरी ज्वरो आएका कारणले उतै फर्कनु पर्‍यो । श्रोत अनलाईन खबर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर