Aamsanchar

राज्यमन्त्री दुगड र यूएईका उर्जामन्त्रीबीच भेटवार्ता : मन्त्री द्वारा लगानिका लागि आव्हान

Author Image
सोमवार, फागुन ५, २०७६

युएई :  नेपाल सरकारका उद्योग, वाण्ज्यि तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड र यूएईका उर्जा तथा उद्योगमन्त्री सुहेल मोहमद फराज अल मजररुइबीच भेटवार्ता भएको युएईकालागी नेपाली राजदूतावासले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

यूएइको उर्जा तथा उद्योग मन्त्रालयमा भएको भेटघाटको अवसरमा द्विपक्षीय सम्बन्धका विविध पक्षहरुको चर्चा गर्दै दुई मुलुकहरुले जलविद्युत, नविकरणिय उर्जा तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्न सकिने विषयमा छलफल गर्नुभएको थियो ।
माननीय राज्यमन्त्री दुगडले नेपालमा कृषि, पर्यटन, जलविद्युत, उर्जा लगायतका क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताउदै युएई सरकार र निजि क्षेत्रलाई नेपालमा लगानीको लागि आव्हान गर्नुभएको थियो । साथै राज्यमन्त्री दुगडले नेपालले राजनैतिक स्थायित्व प्राप्त गरे सँगै प्राथमिकताको क्षेत्रको रुपमा दिगो आर्थिक वृद्धि र विकास रहेको बताउनु भएको थियो भने युएईका उर्जा तथा उद्योग मन्त्रीले उर्जाको एक महत्वपूर्ण स्रोत जलविद्युत रहेको उल्लेख गर्दै नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेकोले त्यसमा लगानी भित्र्याउन ठोसरुपमा पहल गर्नुपने बताउनु भएको थियो ।

माननीय राज्यमन्त्री दुगड दुबईमा आयोजना हुनगैरहेको एक्सपो २०२० का प्रतिनिधिहरु सँग भेटघाट तथा उक्त एक्सपोमा निर्माणाधीन नेपाल पेभिलियनको निरिक्षणका लागि युएई आउनु भएको हो ।

उक्त भेटघाटमा युएईका लागि नेपाली राजदूत महामहिम कृष्णप्रसाद ढकाल लगायत दूतावासका उच्छ अधिकारिहरुको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर