Aamsanchar

कञ्चनबारीका बिद्यार्थीले सिके ट्राफिक नियम

Author Image
शुक्रवार, फागुन ९, २०७६

अर्जुनधारा । अर्जुनधारा नगरपालिका ५ कञ्चनबारीमा ट्राफिक जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
५ नम्बर वडा कार्यालय र कञ्चनबारी आधारभूत मा बि को आयोजनामा फागुन ६ गते मंगलबारबाट कार्यक्रम सुरु भई तिन दिनसम्म चलेको थियो ।
कञ्चनबारी वरिपरी हालै निर्माण भएको कालोपत्रे बाटोमा तिब्र गतिमा सवारी साधन चल्ने गरेको कारण हुनसक्ने दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले ट्राफिक जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई रहेको छ ।
५ नम्बर वडाका अध्यक्ष ध्यान बहादुर भारतीको अध्यक्षतामा भएको कार्यक्रममा ट्राफिक प्रहरी पोस्ट शनिश्चरेका ईन्चार्ज दिपेश पौडेलले सहजिकरण गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर