Aamsanchar

अर्जुनधाराको बृहत नगर महोत्सव पूर्वतयारी कार्यक्रम समापन

Author Image
बिहिवार, फागुन १५, २०७६

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले आयोजना गरेको ‘बृहत नगर महोत्सव’ बिहीबार समापन भएको छ । नगरपालिकाले वडागत रुपमा बिविध कार्यक्रम आायोजना गरी नगर महोत्सब मनाएको छ ।

फागुन ४ गतेबाट शुरु भएको महोत्सब बिहीबार वडा नम्बर ८ मा समापन गरिएको छ । महोत्सबमा स्वास्थ्य, कृषि, पशु कार्यालयको उपस्थितीमा घुम्ती शिवीर, सांस्कृतिक, खेलकुद र नगरमा उत्पादन बएका कृषि उपजको प्रदर्शनी समेत गरिएको थियो ।
फागुन ४ गते वडा नम्बर ७ बाट शुरु भएको महोत्सब ११ वटै वडामा कार्यक्रम गरी समापन गरिएको मेयर हरिकुमार रानाले बताए । नगरपालिकासम्म गएर सुविधा लिन नसकेका कृषकले घरदैलोमा सेवा पाएपछि कार्यक्रमको प्रशंसा गरेका छन् ।

११ दिनसम्म सञ्चालन भएको नगर महोत्सबमा ५ सय ७९ जनालाई कृषि परामर्श, ३ सय ८७ जनालाई बिषादी वितरण, १ सय ५९ जना कृषकको माटो परीक्षण गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख दिपक गिरीले जानकारी दिए । कृषि शाखाले फलफुल र तरकारीको बिउ वितरण, कृषि उत्पादनमा भएको रोगको उपचार लगायतको सेवा प्रदान गरिएको गिरीले जनाए ।

महोत्सबमा पशु बन्ध्याकरण, गोबर परीक्षण, प्राविधिक परामर्श प्रदान गरिएको पशुशाखा प्रमुख पदम राईले जानकारी दिए । नगरपालिकाका ११ वटा वडामा भएको कार्यक्रममा ४१ वटा पशुको बन्ध्याकरण, ७ सय ९५ वटा पशुको गोबर परीक्षण, ६ सय ७२ जनालाई प्राविधिक परामर्श प्रदान गरिएको उनले बताए ।
महोत्सबमा १ हजार ६ सय १९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य शाखाले सुगर, प्रेसर र महिलाको पाठेघर सम्बन्धि भिआईए परीक्षण समेत गरेको थियो । सो क्रममा अर्जुनधारा २ र ५ मा २ जना शंकास्पद बिरामी फेला परेपछि उपचारका लागि रेफर गरिएको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले बताए । उनले वडा नम्बर ३ र ४ मा दुइजना कुष्ठरोगी फेला परेको समेत बताए । महोत्सवमा प्रेसर र सुगरका बिरामीको तथ्यांक संकलन समेत गरिएको उनले बताए ।

नगरले महोत्सबकै अवसरमा राष्ट्रपति कपका लागि नगरबाट प्रतिनिधित्व गर्ने खेलाडीको छनौट पनि गरेको छ । छनौटमा परेका खेलाडीले नगरस्तरीय खेलमा सहभागिता जनाउने खेलकुद बिभाग संयोजक अर्जुन मेचेले जानकारी दिए । महोत्सबमा ११ वटै वडामा सांस्कृतिक कार्यक्रम गरी कलाकार छनौट गरेको नगरले गठन गरेको भाषा, कला, साहित्य तथा संस्कृति प्रवद्र्धन समितिका संयोजक सुशिला सुवेदीले बताइन् ।
महोत्सबका लागि नगरपालिकाले २२ लाख रुपैंयाँ बिनियोजन गरेको थियो । नगरवासीले महसुस गर्ने गरी उनीहरुकै घरदैदैलोमा सेवा पु¥याउन नयाँ योजना निर्माण गरेर महोत्सब आयोजना गरिएको नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताए । उनले नगरले आयोजना गरेको महोत्सब अत्यान्त सफल भएको समेत बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर