Aamsanchar

कोरोनाको संक्रमण देखिए पकेट एरिया ‘लक डाउन’ गर्ने सरकारको तयारी

Author Image
बिहिवार, फागुन २९, २०७६

आज स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार सम्मेलन

काठमाडौँ ।  देशको कुनै क्षेत्रमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएमा सरकारले पकेट एरिया ‘लक डाउन’ गर्ने बताएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले कुनै क्षेत्रमा संक्रमण देखिए अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने र पकेट एरिया लक डाउन गर्ने योजना सरकारले बनाएको बताए।

उनले टेकु अस्पतालमा ४ र पाटन अस्पतालमा २ जना गरी ६ जना आइसोलेसनमा रहेको बताए। उनले भने, ‘अत्यावश्यक बोहक अन्य बन्द गर्नेदेखि लिएर पकेट एरिया लक डाउन गर्ने, विभिन्न उपकरण र जनशक्ति एकत्रित गरेर परिचालन गर्ने व्यवस्था मिलाइएको छ। आवश्यक परेमा फिल्ड र मोबाइल अस्पताल परिचालन गर्ने गरी सहकार्य भइरहेको छ।’

कोरोना संक्रमण विकसित भए अनुसारको व्यवस्थापन गर्ने गरी सरकारले तयारी गरेको पनि उनले बताए। प्रवक्ता देवकोटाले कोरोनाको संक्रमण देखिएका देशहरुमा नेपालबाट गरिने हवाई उडानहरु स्थगित गर्ने सरकारको योजना रहेको बताए।

प्रवक्ता देवकोटाले कोरोनाको संक्रमण देखिएका देशहरुमा नेपालबाट गरिने हवाई उडानहरु स्थगित गर्ने सरकारको योजना रहेको बताए। देशका विभिन्न ४३ वटा सीमा नाकामा स्वास्थ्यकर्मीहरु सहितको टोली परिचालन गरिएको छ। स्थानीय तहले स्वास्थ्यकर्मी परिचालन गरेको छ। प्रवक्ता देवकोटाका अनुसार नेपालमा अहिलेसम्म साढे ४ सयको परीक्षण गरिएकोमा एकजनामा बाहेक कुनैमा संक्रमण नदेखिएको बताए।

संक्रमित देशबाट आउनेहरुले कोरोना फ्रि सर्टिफिकेट अनिवार्य ल्याउनु पर्ने, नेपालीहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए।

उहाँका अनुसार ४३ वटा सीमा नाकामा सम्बन्धित स्थानीय तहले स्वास्थ्यकर्मी परिचालन गरेका छन् । नेपालले भने संक्रमण फैलिएको देशबाट आउनेलाई कोरोना संक्रमण नभएको भनेर दिइएको सात दिन ननाघेको प्रमाणपत्र ल्याउनुपर्ने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर