Aamsanchar

झापाको रिलायन्स टी इन्डस्ट्रिजमा आगलागी

Author Image
बुधवार, चैत ५, २०७६

भद्रपुर । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ६ मा रहेको रिलायन्स टी इन्डस्ट्रिज (पुरानो खुस्बु टी स्टेट) मा आलगलागी भएको छ ।

उद्योगको दाउरा गोदाममा आज वेलुका ३ बजेबाट आगालागी भएको थियो । भद्रपुर, बिर्तामोड र मेचीनगरका बारुण यन्त्रले आगो निभाइरहेका छन् ।

साँझ साढे ६ बजेसम्म पनि आगो नियन्त्रणमा आइनसकेको प्रहरीले जनाएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर