काठमाडौँ– प्रहरीले काठमाडौँ उपत्यकाका बजार क्षेत्रमा अत्यावश्यक बाहेक अन्य पसलहरु बन्द गराउन थालेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ गतेदेखि अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द गर्ने शुक्रबार घोषणा गरेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौँले प्रहरी परिचालन गरेर काठमाडौँका भित्री बजारहरु न्यूरोड, असन, इन्द्रचोक लगायतका क्षेत्रमा अत्यावश्यक बाहेक अन्य पसल बन्द गराउन थालेको हो।
महानगरीय प्रहरी परिसरले भने पसलहरु गराएको नभइ सुरक्षात्मक उपायहरु अपनाउन आग्रह गरेको र फुटपाथहरु पूर्णतया बन्द गराएको जनाएको छ। महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले भने, ‘हाम्रो आग्रहपछि केहीले पसल बन्द गरेका छन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 279