Aamsanchar

झापा कारागारमा उच्च सतर्कता, भेटघाट पूर्ण बन्द

Author Image
आइतवार, चैत ९, २०७६

भद्रपुर । त्यसै पनि कारगारका कैदी बन्दीहरु बाहिरी वातावरणबाट टाढै हुन्छन, सर्वसाधारण संग प्रत्यक्ष भेटघाट गर्न पाउदैनन तर आफुन्त शुभचिन्तक कारागारमै पुगेर भेट गर्दा पनि सरुवा रोगको जोखिम हुने भन्दै झापा कारागार प्रशासनले आइतबारबाट कारागार ‘लक डाउन’ गरेको छ । कोरोना सङ्क्रमित रोक्न उच्च सतर्कता अपनाएर यो व्यवस्था गरेको हो । कारागारभित्र रहेका कैदबन्दीलाई भेटघाट गर्न नपाइने भएको छ । उनीहरुलाइ चाहिने कुनै पनि वस्तु क्वारेन्टाइनमा नराखी प्रवेश गर्न दिएको छैन । कैदीका आफन्तले ल्याएको नगद पैसासमेत बाहिर बनाइएको क्वारेन्टाइनमा पाँच दिनसम्म राख्नुपर्ने व्यवस्था मिलाइएको छ ।

क्वारेन्टाइनमा पाँच दिनसम्म राखेपछि मात्र कैदीले आफ्नो पैसा पाउने व्यवस्था गरिएको झापा कारागारका जेलर राजेन्द्र निरौलाले जानकारी दिए । आफन्त र बाहिरबाट आएको कुनै पनि खानेकुरा, आवश्यक सामग्री कारागारभित्र लान नदिएको उनको भनाइ छ । कारागारमा पुर्पक्षका लागि आउने नयाँ कैदीबन्दीलाई छुट्टै स्वास्थ्य परीक्षण गरेर मात्र भित्र प्रवेश गर्न दिएको उनले जनाए । उच्च ज्वरो र रुघाखोकी लाग्ने कैदीलाई उपचारका लागि अस्पताल पठाइने उनको भनाइ छ ।

सामान्य विरामीलाइ कारागार भित्र नै उपचारको व्यवस्था मिलाइएको उनले बताए । आइतबारबाट कैदीबन्दी भेटघाट पूर्णरुपमा बन्द गरिएको उनले जानकारी दिए । पत्र–पत्रिका समेत पाँच दिन क्वारेनटाइनमा राख्ने व्यवस्था रहेको उनको भनाइ छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर