Aamsanchar

अष्ट्रेलियामा पनि कोरोना भाइरस बढेको बढेई

Author Image
आइतवार, चैत ९, २०७६

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणको लागि अष्ट्रेलियामा कडा कदम चालिएको छ ।कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण जनजीवन विश्वभर प्रभावित भएको छ ।
आइतबार साँझ क्यानबेरामा एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री स्टक मोरिसनले पब, क्लब, सिनेमाघर तथा क्यासिनोहरु बन्द गर्ने निर्णय सुनाएका छन् ।

अष्ट्रेलियाको सिड्नी बस्नु हुने बिजय सापकोटा ज्यूले आमसंचारका लेखक रामेश्वर शर्मा भुर्तेल लाई जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री स्कट मौरिसनले आइतबार ३८ अर्ब ५० करोड डलरको आर्थिक सहायता कोषको घोषणा गरेका हुन् । मोरिसनले यो भाइरसबाट प्रभावित हुनेहरुलाई थप सहयोग र आर्थिक सहायताको कार्यक्रम ल्याइने बताएका छन् ।

मोरिसनले यसलाई नियन्त्रण गर्ने ‘पहिलो चरण’ भनेका छन् । उनले मानिसहरुले कोरोनाको संक्रमणबारे थाहाँ पाएर पनि यसप्रति ध्यान नदिएको भन्दै भिडभाड रोक्नको लागि यस्तो निर्णय गर्नुपरेको बताएका छन् ।

उनले यसअघि न्यु साउथ वेल्सको एक समुन्द्री तटमा मान्छेहरु रमाइरहेको फोटो हेर्दै ती मानिसहरुलाई कोरोना सम्बन्धि सूचना हेर्नको लागि भनेका छन् । आइतबारको पत्रकार सम्मेलनमा बोल्दै मोरिसनले भनेका छन् ‘जब हामीले सही काम गर्दैनौं तब यसले अरुलाई पनि असर गर्छ । अब हामीले यसविरुद्ध काम अघि बढाउनु परेको छ । हाम्रो निर्णय मानिसहरुको जीवन रक्षाको लागि हो ।’

उनले सोमबार अपरान्हपछि दर्ता भएका तथा अनुमतिपत्र भएका लगायत सबै क्लब तथा पबहरु जबर्जस्ती बन्द गराउने बताएका छन् । उनले रेष्टुरेन्ट तथा क्याफेहरुले अनलाइन डेलिभरीमात्रै गर्न पाउने बताएका छन् ।

त्यस्तै, प्रार्थनास्थल बन्द रहने तथा अन्त्यष्टीस्थलमा समेत कम्तीमा चार मिटरको दूरी कायम गरिनुपर्ने बताएका छन् ।  अष्ट्रेलियामा हालसम्म १ हजार ९८ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ७ जनाको मृत्यु भइरसकेको छ र स्वास्थ जाँच १ लाख २७०० हजार जना लाई गरिएको छ।

यसैगरी इटालीमा सबैभन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण कम्तिमा चार हजार ८२५ जनाको मृत्यु भएको छ ।
विश्वभर कोरोनाभाइरस केसहरू ३१६४०९, मृत्युहरु १३५९९ र निको हुने ९५९२२ जना छन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर