Aamsanchar

झापा गाउँपालीकामा पर्ने ५ नाका बन्द गरियो

Author Image
सोमवार, चैत १०, २०७६

झापा। छिमेकी मुलुक भारतको बिहार राज्यमा जोडिएका झापा गाउँपालीकामा पर्ने पाँच वटा सिमा नाकाहरु शिल गरिएको छ।

पन्थापाडा, सुकुम्बासी टोल(खयरबारी),सालमारा,लसुना लगायतका सिमा नाकाहरु बन्द गरिएको असई राजकुमार माझीले जनकारी दिए।नेपाल ससस्त्र प्रहरी बल र जनपथ प्रहरीको संयुक्त टोली सिमामा खटिएको माझीले बताए।

सिमामा अहिले कुनै पनि मानिस आवतजावत गर्न दिइएको छैन ससस्त्र बल कुमरखोदका इनिस्पेक्टर सचिन प्रधानले बताए।

पछिल्लो समय कोरोना भाइरस(कोभीड–१९) को संक्रमणलाई फैलिन नदिन मन्त्रीपरिषदको निर्यणानुसार भारत र चिनमा पर्ने सम्पुर्ण नाकाहरु शिल गर्ने निर्णय भएको थियो। सो निर्णय अनुसार झापा गाउँपालीकामा पर्ने सिमा नाका शिल गरिएको झापा गाउँपालिका अध्यक्ष जयनारायण सहले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर