Aamsanchar

घैलाडुब्बामा परेन लकडाउनको असर, बजार खुल्ला

Author Image
शुक्रवार, चैत १४, २०७६

कनकाई ।  झापाको कनकाई नगरपालिका वडा नं. ९ स्थित घैलाडुब्बा बजारमा तरकारी बजार खुल्ला रहेको छ ।

प्रशासनले देशका हरेक स्थानलाई लकडाउन घोषणा गरेपनि शुक्रबार घैलाडुब्बा बजार भने निर्वाधरुपमा खुल्ला गरेर लकडाउनको उलंघन भएको पाईएको छ ।

बजारबाट ३ सय मिटर दक्षिणमा घैलाडुब्बा प्रहरी चौकी रहेको छ, चौकीका प्रहरीले माईकिङ गर्दै घरबाट बाहिर ननिस्कन, हाटबजार नलगाउन गरेको आग्रलाई समेत वेवस्था गरेर बजार लागेकोमा कोरोना भाईरस फैलने त्रासले स्थानिय सचेत नागरिकहरु चिन्तित बनेका छन ।

सरकारले अति अतिआवेक सामानका पसल खुल्ला गर्न भनेको छ तर त्यसका लागि विधी नियम पनि बनाईएको छ । हरेक पसल अगाडी साबुन पानीले हात धुने र सेनिटाईजर लगाउने व्यवस्थापन गर्न अनिवार्य गरेको छ । घैलाडुब्बामा भने कुनै पनि व्यापारीले सावधानिका उपाएहरु अवलम्बन गरेको पाईदैन ।  ग्रहकलाई आलोपालो गरि कम्तिमा एकआपसमा एक मिटरको दुरी कायम गर्नुपर्ने हुन्छ यस तरिकालाई पनि कुनै प्रवाह नगरी बजारमा मान्छेको भिडभाड हुनु र स्थानिय भन्दा  घैलाडुब्बा बजारमा धेरै जसो बिर्तामोड–२ मा रहेका दर्जनौं उद्योगमा काम गर्ने भारतीयहरु आगमन हुने गरेको छ ।  बाहिरका मान्छेको आगमनले आमनागरिकमा महामारी निम्तिने खतरा बढेको छ ।

तरकारी, किराना सामान दैनिक उपभोग्य बस्तुमा पर्छ, तर महामारीको समयमा स्थानिय प्रसाशन र स्थानिय सरकारले आवसेक सावधानी अवलम्बन गरेर उपभोग्य बस्तु नागरिकलाई उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा घैलाडुब्बामा प्रसाशन र स्थानिय सरकारले कुनैपनि कदम नचाल्नु अनि प्रत्यक्ष निगरानीको कमीका कारण, यो अवस्था आएको स्थानिय एक युवाले आक्रोस पोखेका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर