Aamsanchar

लकडाउनको प्रत्यक्ष असर सामाजिक कुकुरमा

Author Image
सोमवार, चैत १७, २०७६

देशमा लकडाउन आठौ दिनमा प्रवेश गर्दा, सामान्य वर्गमा जहा खाद्यान्नको समस्या देखिन थालेको छ,  समाजमा आश्रित कुकुरहरूको मुख लक बन्न पुगेको छ ।,विचरा कुकुरहरूलाई बिचल्ली बनाएको छ । सामान्य तह मासु पसल , होटेल, घर बाट , निसकने खाना को भर मा रहने ति सामाजिक कुकुरहरू अहिले भोकमरीको कारण जीवन मरणको अवस्थामा पुगी रहेका छन् । लकडाउन ले सबै किसिमका आवागमन बंद भए लगतै सामाजिक कुकुर जो अरु माथि आश्रित छन् उनिहरुको भरण पोषण अन्योलमा परेको छ । हुन त समाजमा धेरै सामाजिक ब्यक्ती र संस्था हरू छन् जसले सामाजिक कुकुरलाई खान खुवाउने पनि गरेका छन् ,तर अहिले बाटोमा जान समेत निषेध भएको अवस्था मा, कोमल मन भएकाहरु सेवा भावनाका हातहरूले चाहेर पनि  बेसहारा कुकुरहरु लाई सहयोग गर्न सकेका छैनन् ।

सामाजिक संजालमा धेरैले सडक कुकुर लाई सघाउ, दैनिक उब्रेको खाने कुरा सडक कुकुर तथा पशु पंछी लाई दिउ भन्ने पोस्टले सामजिक संजाल पनि भरिभराउ छ ,तर यो आपतको बेला आफ्नै दूइ छाक कसरि टार्ने भन्ने चिन्ता भएको बेला कसरि यी निमुख को बारे मा सोच्न सकिन्छ।

हाम्रो बिर्तामोड नगरपालिका भीत्र कति सडक कुकुरहरू छन् ,भन्ने तथ्यांक त छैन तर टोल टोलमा झुण्ड अवश्य देखिन्छ । पूर्वी नेपालमा सडक पशुको लागि काम गर्ने संघ संस्थाको
उपस्थीती अहिले सुन्य झैँ रहेको हुनाले पनि अहिले लकडाउनको बेलासामाजिक कुकुर र पशुको भरण पोषणमा समस्या देखा  परेको छ ।

हुन त केहि जनप्रतिनिधि हरू यस विषयमा चिन्तित देखिन्छन्
लकडाउनको कारण सडकका जनवार पशु पंछी पनि भोकै होलान । आफ्नो आफ्नो टोलले सबै सडकका जनवार पशु-पंछीहरुको हेर विचार गरिदिन का लागी आग्रह गर्दछु ।
ललितपुर नगरपालिका प्रमुख  चिरी बाबु महर्जनको यो भनाइ अहिले सामाजिक संजालमा निकै चर्चित पनि भएको छ ।

हुन त राजधानीमा सक्रिय ,शेनह केयर ,इन्दु बयानजकार,मुना सुवेदी , सोनाम डिकी, तथा विराटनगरकी मनिषा अग्रवाल जस्ता ब्यक्ति र सामाजिक संस्थाले राजधानी र बिराटनगरका लगभग २६,००० भन्दा बढी सामाजिक कुकुरहरुलाई सके सम्म हेरचाह गर्दै छन, भने हाम्रो शहर बिर्तामोडमा ब्यक्तिगत तह बाट पनि धेरैले यस्तो मानवीय सेवा कार्य गर्ने गरेको पाइएको छ ।

यो जमात मध्ये एक नाम हो समाजसेवी श्री गौरीशंकर गुप्ता  (टिंकुू )आफ्नो सामाजिक संजाल मार्फत दुख पाएका कुकुरलाई सहयोग गर्ने अपिल गर्ने गरेका छन । गुप्तालाई सामान्य तह हरेक बिहानी आफ्नो पसल अगाडीका सामाजिक कुकुरको पालन पोषण गरेको दृश्य सहजै देख्न सकिन्छ , भने यस्तो विशंम परिस्तिथिको बेला खाने कुरा उपलब्ध गरउनको लागि मन र भण्डार खोलेर सामाग्री  दिने अर्को ब्यक्ति रहेका छन् गणपति बेकरीका  संचालक राजु ढकाल ,  सामाजिक कुकुर लाई बिस्कुट किन्न गएका एक व्यक्तिलाई ठकालले  संम्पूर्ण बिस्कुट  निशुल्क उपलब्ध गराएपछि अहिले बिर्तामोडका केही सामाजिक कुकुरले आहार पाएका छन् ।

कुकुरहरुलाई विस्कुट दिने जमर्को गर्दै गौरीशैकर गुप्ता (टिंकु)

यो प्रयास राम्रो त छ तर अपर्याप्त पनि छ । निरन्तरताको खाँचो छ ।  त्यही भएर अब हामीसबैले आफ्नो सामर्थय अनुसार आफु वरीपरीका सडक कुकुर र पशुपंछी लाई आहार उपलब्ध गराउने कार्यगर्नु आवश्यक देखिएको छ ।
आउनुहोस यो महामारी को अवस्थामा रहेका कुकुर र पशुपंछीलाई पनि सहयोग गरी , आफ्नो कर्तव्य पूरा गरौं ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 385

प्रतिक्रिया (०)

सम्बन्धित खबर