Aamsanchar

राम नवमी (धार्मिक महत्व यस्तो छ)

Author Image
बिहिवार, चैत २०, २०७६

शुरु गरौं वाल्मिकी रामायणको एउटा घटनाक्रमबाट, एकदिन वानवासको बेला मर्यादा पुरुषोत्तम भगवान श्री राम र सीताबिच लुकामारी चल्दछ । एउटा सामान्य दम्पतीजस्तै मायालु भावहरुबिच चलिरहेको लुकामारीमा राम एक्कासी धेरै बेरसम्म लुकेपछी जङ्गलमा रहनुभएकी सीताले एउटा मिठो विलौना अझ भनौ पुकार गर्नुहुन्छ जसलाई भक्त कविर लगायत थुप्रै भजन श्रष्टाले छन्द अनि गधका रूपमा लेख्नुभएको छ । आउनुहोस्, सरल नेपाली भजनकारुपमा हाम्रो आफ्नै नेपाली भाषामा प्रस्तुत छ

सीता रानी आज्ञा गर्नुहुन्छ!
हे राम , कहाँ लुक्नुभएको,
आउनुहोस राम, हृदयको दियो जलाउनुहोस् राम
पुरुष महिलाबाट नै बनेको संसार, एउटा बिना अर्को बेकार
छुटेको साथ, मिलाउनुहोस राम, हृदयको दियो जलाउनुहोस् मेरा राम
मेरो बचन निभाउनु मेरा राम, हृदयको दियो जलाउनुहोस् राम

यी अनि यस्ता धेरै रोमाञ्चक भजन, घटनाक्रम अनि पात्रहरुले रामायणको समग्र प्रस्तुतिलार्इ एउटा महान ग्रन्थ बनाउन सकेको हुनुपर्छ ।

राम अनि सीताको जीवनको वरीपरी रहेर तुलसीदासले ुरामचरित्रमानसुमा अवधी भाषामा कथेका छन् । यसै रामचरित्रमानसका अवधी श्लोकहरुका आधारमा आज नेपालको तराई लगायत भारतका विभिन्न ठाँउमा रामलिला अनि श्लोकहरुकै लय अनि माधुर्यतामा रामसिताका कथाहरु प्रस्तुत गरिन्छ ।

कवि तुलसीदास प्रभू लेख्नुहुन्छः
राम राम कहि जे जमुहाहीं ।
तिन्हहि न पापांपुज समुहाहिं ।
तर्जनीभ्यायं नमः

अर्थात् पापका असरहरु तिनकालागि निस्तेज रहनेछ, जसले हाई काढ्दापनि रामको नाम लिन्छ ।

आउनुहोस् यिनै पापमोचन गर्ने जनक सुपुत्री जानकीको मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन अर्थात् आज राम नवमी, असत्यको अन्धकारमाथी सत्य अनि मर्यादाको उज्यालोको प्रतिककारुपमा मनाईदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बिहरूले आजको दिन श्रद्धा, भक्ति अनि आराधनाका माहौलबिच आज नेपाल, भारत, बङ्गलादेश, म्यानमार, थाईल्याण्ड, श्रीलङ्का, फिजी टापू, साउथ अफ्रिका अनि ईन्डोनेसियासम्म रामको जीवन अनि घटनाक्रम झल्काउने नाटक, सभा, किर्तन लगायतका कार्यक्रमहरुको आयोजना गर्ने गर्दछन् । हिन्दू धर्ममा आस्थावान जो कोही राम नवमीका दिन सबेरै नुहाइधुवाइ, शुद्ध बनी राम मन्दिरहरुमा पुगि पूजा आराधना गर्दछन् ।

राम नवमीका दिन राजधानीको बत्तिसपुतली, ललितपुर र भक्तपुरका अन्य राम मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गर्दछ । राम नवमीमा जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्दछ । उक्त मेलामा भारतबाट समेत हजारौं श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन् । आज देशभरका नदि, ताल एवं कुण्डहरुमा नित्य स्नान गरी ब्रत बस्ने गरिन्छ र रामगीता पाठ गरिन्छ । साथै अध्यात्मयुक्त वाल्मीकीकृत्य भानुभक्तीय रामायण समेत वाचन गरिन्छ । रामभक्तियुक्त भजनकीर्तनका साथ रात्री जाग्राम बस्ने परम्परा समेत चलिआएकोछ ।

राम मन्दिरहरुमा विहानैबाट घुँईचो रहने गर्दछ, आजको यस चैत शुक्ल नवमी धार्मिक, सांस्कृतीक अनि सामाजिकरुपमा वास्तवमै अत्यन्त महत्पूर्ण छ । बुवा दशरथको आज्ञा पूरा गर्नकालागि १४ वर्षसम्म वनवास जान मुस्कुराएरै तैयार हुने यिनै राम, जसको नाम अनि जीवनमा आधारित प्राचिन हिन्दू धर्म ग्रन्थ रामायण लेखिएको छ । यिनै रघुवंशी सत्यवक्ता, मर्यादा पुरुषोक्तम अनि ज्ञानी राम नामको कृपाले हामीसबैमा सत्यमार्गको द्वार खुलोस् ।

त्रेतायूगमा चैत्त शुक्ल नवमीमा जन्म लिएका यी विष्णुका अवतारको यस लोकमा आगमनको खुशियाली आज हजारौं वर्षसम्म पनि उत्तिकै उत्साह र श्रद्धाका साथ मनाईन्छ ।

। अहिलेसम्मको खोज अनुसन्धान अनुसार भगवान रामको जन्म इशापूर्व ७३९३ तिर दिनको मध्यान्न समयमा भएको थियो । वाल्मिकी पुराण अनुसार भगवान रामको जन्म पाँचवटा ग्रहहरु उच्च स्थानमा रहेका थिए । रामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सवै मर्यादाको सधैं ख्याल गरेका कारण वहाँलाई मर्यादा पुरुषोत्तम भनिएको हो । भगवान रामको राज्य (राम राज्य) पनि न्यायकालागि नूमना मानिन्छ ।

रामलाई वैदिक सनातन हिन्दू धर्म संस्कृतिमा सबैभन्दा धेरै बढि पुजिने भगवानका रुपमा लिइन्छ । त्यहि भएर रामका भार्इहरू भरत, लक्ष्मण र शत्रुधन नाम गरेका अरु तीनजना भाईहरु थिए । भरतकी माता कैकेयीले छलपूर्वक दशरथ राजालाई परिबन्धमा पारेर रामलाई १४ बर्ष वनवास पठाएकी थिइन् । तर रामका प्रिय भक्त भएका कारण भरतले पनि वनमै पुगेर रामले लगाउने चप्पल ९खराउ०लाई सिंहासनमा राखेर पुजेको किंवदन्ती छ । भगवान रामका सवैभन्दा असल साथी हनुमान हुन् । रामभक्त हनुमान रावणराज्य लङ्का तहननहस बनाउने प्रमुख पात्र पनि हुन् ।

राम अनि रावणको कुरा गर्दा खेरि दक्षिणी भारत लगायत श्रीलंका अनि माल्दिभ्ससम्ममा अझै पनि रावणलाई पनि राम जत्तिकै श्रद्धा मानेर पूजा गर्ने चलन छ । रामायणले समावेश नगरेको भएतापनि रावण आँफै अत्यन्त ज्ञानी भएको अनि मर्यादा पुरुषोक्तम रामको हताबाट वध भएमा मात्र आफू बैकुण्ठलोक पुग्ने भएकाले सीताको अपहरण गरि रामलाई आफूसँग यूद्धगर्न घटना रचेको भन्ने तर्कहरु पनि छन् ।

बैकुण्ठ निवासी भगवान विष्णुका सातौ अवतारका रुपमा श्री रामले असत्यका प्रतिरुप रावणको दुराचार र अन्यायका विरुद्ध विजय प्राप्त गरेका थिए । अयोध्याका राजा दशरथका जेठा छोराका रूपमा जन्म लिएका रामले मिथिलापुत्री तथा राजा जनककी छोरी सीतासँग विवाह भएको थियो । राम र रावणको जन्म कुण्डली एकै प्रकारको रहेको थियो । फरक ९ रामको कुण्डलीमा कर्कट लग्न र मेष रावणको लग्न थियो । त्यहि कारण अत्याचारी रावणको वध गरी अयोध्या राज्यका रैतीहरुलाई सुखशान्ति दिएका कारण भगवान रामलाई युगपुत्रका रुपमा पुजिन्छ ।

आजभोली सनातन धर्मका भगवानरुपी पात्रहरु राम, कृष्ण, हनुमान लगायतलाई केवल हिन्दुका सम्पतीकारुपमा ब्याख्या गर्न थालिएको छ । तर यो कुरा ठिक हैन्, भागवत गीता देखि पुराण्हरुका कुना कुना सम्म पनि हिन्दुधर्म लाई धर्म भन्दा पनि जिवन वाँच्ने शैलीका रुपमा मात्र ब्याख्या गरिएको छ । सत्यपथ, धर्म अनि मानवता लाई प्रकृतीप्रेम सगँ एकढिक्काका रुपमा सनातन धर्मले ब्याख्या गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१