Aamsanchar

भद्रपुरको विपद व्यवस्थापन कोषमा झापाली समाज बेल्जियमको डेढ लाख सहयोग

Author Image
शुक्रवार, चैत २१, २०७६


भद्रपुर । नोभल कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बेला समस्यामा परेका विपन्न समुदायलाई राहत वितरण गर्न झापाली समाज बेल्जियमले आर्थिक सहयोग गरेको छ ।

भद्रपुर क्षेत्रका विपन्न परिवारलाई राहत सामग्री उपलब्ध गराउन समाजले भद्रपुर नगरपालिकाको विपद व्यवस्थापन कोषमा डेढ लाख रुपैयाँ सहयोग गरेको हो ।
बिहीबार बसेको विपद व्यवस्थापन समितिको आकस्मिक बैठकमा समितिका अध्यक्ष भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाई नगद हस्तान्तरण गरियो । समाजले पठाएको सहयोगमा संयोजनकारी भूमिका निर्वाह गरेकी नगर उपप्रमुख चन्द्रा श्रेष्ठले सो रकम समितिको कोषमा रहने गरी नगरप्रमुख श्रेष्ठलाई हस्तान्तरण गरिन् ।

बेल्जियमबाट समाजका अध्यक्ष प्रविण भण्डारीले आफूलाई फोन गरेर भद्रपुर नगरपालिकामा सहयोग गर्न चाहेको बताएपछि विपन्नलाई राहत बाँड्न वा स्वास्थ्य सामग्री वितरण गर्न खर्च गर्न सकिने जानकारीका साथ सहयोग लिइएको उपप्रमुख श्रेष्ठले बताइन् ।

यसैबीच नगरप्रमुख श्रेष्ठले गर्नसक्ने वा समितिलाई जिन्सी सामग्री उपलब्ध गराउन सक्ने जानकारी दिए । नगरका सबै वडामा अत्यन्त विपन्न परिवारलाई अत्यावश्यक खाखन्नलगायतका उपभोग्य सामग्री वितरण गर्न लागिएको जानकारी दिँदै नगद वा जिन्सी सहयोग गर्न चाहनेले समितिको कोषमा उपलब्ध गराउनसक्ने जानकारी दिए ।

लकडाउनले दैनिक ज्यालादारी गर्ने मजदूर र अत्यन्त विपन्न परिवारमा खानेकुराकै समस्या उत्पन्न भइसकेको अवस्थामा वडाबाट संकलित विपन्नवर्गको विवरणका आधारमा उनीहरुलाई वर्गीकृत गरी आवश्यकताका आधारमा चामल, दाल, तेल, नूनजस्ता अत्यावश्यक उपभोग्य सामग्री निश्चित परिमाणमा वितरण गर्न लागिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
नगरप्रमुख श्रेष्ठले राहत वितरण दोहोरिनसक्ने सम्भावना भएकोले एकद्वार प्रणलीबाट वितरणको व्यवस्था गर्न लागिएको बताउँदै सहयोग गर्न चाहनेले नगरपालिकासँग समन्वय गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 281

प्रतिक्रिया (०)

सम्बन्धित खबर