Aamsanchar

आफ्ना नागरिकलाई सरकारले स्वदेश फर्कन भने पछी नेपालका एक अभिनेता उडे अमेरिका

Author Image
मङ्गलवार, चैत २५, २०७६

काठमाडौं – करिव ५ बर्ष अगाडि एक टेलिभिजन कार्यक्रममा अभिनेता सरोज खनालले बुढ्यौली समय स्वदेशमा बिताउन फर्किएको बताएका थिए ।

उक्त समय टेलिभिजन कार्यक्रममा प्रस्तोताले नेपाल बृद्धाआस्रम हो र भनेर प्रश्न गरेको बिषय निकै बिवादमा चर्चामा छाएको थियो । उक्त बिवाद पछि अभिनेता सरोज खनालले अवको समय समय आफ्नो देश नेपालमै कलाकारिता गरेर बस्ने बताएका थिए । सोही कारणले पनि धेरै निर्माताले उनलाई फिल्मको अफर समेत लगातार दिए ।

तर, अहिले आएर अभिनेता फेरि अमेरिका उडेका छन् । अमेरिकी सरकारले बिदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काएको कारण सरोज पनि आइतबार अमेरिका उडेका हुन् । अमेरिकाको ग्रीनकार्डका कारण उनी अहिले अमेरिका उडेको बुझिएको छ ।

अमेरिकाको सुख सुबिधा छाडेर श्रीमती सहित नेपाल फर्किएको बताएर सो समय सबैको सहानुभुतिका पात्र बनेका सरोज अहिले फेरि अमेरिका उडेका हुन् । सरोजका छोरा र श्रीमती केही पहिले देखिनै अमेरिकामै रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 315

प्रतिक्रिया (०)

सम्बन्धित खबर