Aamsanchar

घरमा बस्न नसक्नेहरु बिर्तामोड सडक लकडाउनमा यसरी परे

Author Image
बुधवार, चैत २६, २०७६

 

बिर्तामोड । झापाको बिर्तामोडमा एक सय भन्दा धेरै सर्वसाधारणलाई नियन्त्रणमा लिएर प्रहरीले सडक लकडाउमा राखेको छ ।

सरकारले लकडाउनको वेला अतिआवसेक बाहेक सार्वजनिक स्थलमा हिडडुल गर्न प्रतिवन्ध लगाएको अवस्थामा लकडाउनको नियम पालना नगर्ने सर्वसाधारणहरुलाई एक घण्टाका लागि नियन्त्रणमा लिई लकडाउनको अर्थ र नागरिकले अवलम्बन गर्नुपर्र्ने दायित्वबारे सचेतना र जानकारी गराएर छोडिएको थियो ।

बुधबार साँझ ४ बजेदेखि विभिन्न बहाना देखाएर मानिसको चहल पहल बढन थाले पछी प्रहरीले यस्तो कदम चाल्नु परेकोे ईलाका प्रहरी कार्यालयका बिर्तामोडका प्रखुम मुकुन्द प्रसाद रिजालले बताए ।
प्रहरीले साना गाडी, मोटरसाईकल, साईकल र पैदल हिडने सबैलाई सोधपुछ गरेको थियो । सोधपुछका क्रममा अतिआवसेक काममा हिडेकालाई प्रहरी सहजै छोडी दिएको थियो ।

नियन्त्रणमा पर्नेहरु प्रायले औषधिको खोल बोकेर मेडिकल हिडेको भनेका थिए, प्रहरीले डाक्टरले लेखेको पुर्जा देखाउ भन्दा पुर्जा नभएका, अण्डा किन्न, फलफूल किन्न र त्यसै घुम्न निस्किएकालाई सामाजिक दुरी कायम गरेर बनाईएको गोलो घेराभित्र राखिएको थियो ।

नियन्त्रणमा रहेकालाई यसरी नहिड्न अतिआवसेक काम परे प्रहरीको १०० नं. मा फोन गर्नुहोस् कुनै पनि समस्याको समाधान गर्न प्रहरी घरमै आईपुग्ने भनेर जिल्ला प्रहरी प्रमुख कृष्णप्रसाद कोईरालाले सम्झाई विस्वस्त पारेका थिए ।

कतिपयले वडा कार्यालयबाट अतिआवसेक काममा जाने भन्दै पास पत्र बनाएर बोकेकालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीको भनाई अनुसार कुनै पनि पास दिने प्रकृया खारेज भईसकेकोे छ । अतिआवसेक हो होईन ठहरनै नगरी चिनेको भरमा नगरपालिका वडा कार्यालयबाट पास वितरण हुनुपनि सडकमा सबारीको बाक्लो आवगमन हुनुको करण बनेको छ ।

त्यसैगरी अर्जुनधारा–५, कनकाई–८ मा पर्ने लक्ष्मीपुरमा पनि मोटरसाईकल लिएर हुईकी रहेका एक दर्जन जतिलाई नियन्त्रणमाराखी कागजात लिएर छोडिएको छ । प्रहरीले लिएको कागजात लकडान खुलेपछी मात्र दिने एक प्रहरीले बताए छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 311

प्रतिक्रिया (०)

सम्बन्धित खबर