Aamsanchar

झापाका प्रमुख जिल्ला अधिकारीको संयोजनमा एकै दिन २१ सय परिवारलाई राहत वितरण

Author Image
बिहिवार, चैत २७, २०७६

देशभरीनै लकडाउनले प्राय धेरेको दैनिक आयश्रोतको बाटो बन्द गरिदिएको छ ।  समाजमा रहेका विपन्न, अतिविपन्न वर्गको घरमा भातखाने चामल देखि अन्य दैनिक उपभोग्य बस्तु सकिएर समस्यामा परेका छन । कतिपयको चुलोे बल्न छोडेको समाचार आईरहेको अवस्थामा स्थानिय निकायले टोलटोलमा विपन्न वर्गको तथ्याङक तयार पारेर राहत सामाग्री वितरण गरिसकेका छन भने कतिपय ठाउँमा वितरण गर्ने काम भई रहेको छ ।

तर झापा र मोरङमा यस्तो समाज पनि छ त्यो समाज नगरपालिकोको तथ्याङक भित्र पर्न सकेको छैन, त्यो समाज हो झापा दमक स्थित बेलडाँगी र मोरङको पथरीमा रहेका भुटानी शरणार्थीहरुको ।
यतिवेला त्यहाँ रहेका नागरिकहरुको अवस्था शिविर बारिहर रहेकाको भन्दा निकै नाजुक रहेको पाईएको छ । बिहिबार झापाका प्रमुख जिल्ला अधिकारीको संयोजनमा केही संघ संस्था र व्यक्तीले खाद्य सामाग्री उपलब्ध गराएपछि तत्काललाई त्याहाँको समस्या टरेको छ ।

बेलडाँगी शिविर र पथरी शिविरमा रहेका दुई हजार एक सय परिवारकालागि शिविर व्यवस्थापन समिति मार्फत आज राहत हस्तान्तण गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।

राहतका लागि सहारा नेपाल साकोसले १०० कुन्टल चामल १० कुन्टल दाल, १० कुन्टल नुन, त्यसैगरी जिल्ला सहकारी संघ झापाबाट २५ कुन्टल चमल, झापा उद्योग संघबाट १०० कुन्टल चामल, व्यवसायी रोशन प्रसाईबाट ३० कुन्टल चामल, र कारितास नेपालबाट चारलाख बराबरको उपभोग्य सामान शरणार्थी नर्थीहरुलाई उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी रानाले बताए ।

जनही परिवारलाई १० किलो चामल, दुई किलो चामल, एक किलो ननु, एक लिटर तेल, साबुन लगायतका उपभोग्य बस्तु उपलब्ध गराईएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर