Aamsanchar

बिर्तामोड नगर राहत कोषमा ४ ले जिन्सी, ५५ संस्थाले गरे नगद जम्मा

Author Image
बिहिवार, चैत २७, २०७६

नगर प्रमुख ध्रुब शिवाकोटीलाई सहयोग रकमको चेक हस्तान्तरण गर्दै बिर्तामोड उद्योग बाणिज्य संघका पदाधिकारीहरु ।

कोरोना भाईरस महामारी रोक्न सरकारले गरेको लकडाउनको १७ औं दिनमा आई पुग्दा देशका विभिन्न पालिकामा रहेका विपन्न वर्गलाई परेको खाद्य संकटलाई केही हदसम्म टार्नको लागि हरेक पालिकामा राहत कोष स्थापना गरिएको छ, सोही अनुरुप झापाको विर्तामोड नगरपालिकाले ५० लाखबाट सुरु गरेको कोषमा विभिन्न संघ संस्थाहरुले पनि पथ गर्न थालेका छन, नगरपालिकामा गठन गरेको राहत कोषमा आज बिर्तामोड उद्योग बाणिज्य संघले पनि १ लाख १ हजार प्रदान गरेपछि कोषमा कुल ९७ लाख ७६ हजार ७ सय ४० रुपैया जम्मा भएको छ ।

त्यस्तै विभन्न दर्जनौ संघ संस्थाले राहतको लागि रकम जम्मा गराई सकेका छन भने गराउने क्रम पनि दैनिक रुपमा भई रहेको छ ।

नगरपालिकाले पहिलो चरणमा ६ हजार ९ सय ६० घर परिवारलाई राहत सामाग्री वितरण गरेको छ । नगरले १० वटै वडाका २८ हजार ५ सय ८६ व्यक्तिलाइ पहिलो चरणमा राहत सामाग्री निकासा गरेको नगर प्रमुख ध्रुव सिवाकोटीले जानकारी दिए ।

ती सामाग्री सवै वडामा लगत संकलन गरिएका व्यक्ति र परिवारलाई वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको सम्वन्धित वडा अध्यक्ष हरुले जानकारी दिएका छन् ।
नगरमा विपन्न र असहाय व्यक्तिहरुलाई पहिलो चरणमा ११ लाख ३ हजार ७ सय ९५ केजी चामल वितरण गरिने वताइएको छ ।
त्यस मध्ये नेपाल वहुद्देशीय साकोस , जीवन विकास लघु वित्त , पुर्व नेपाल वहुद्देशीय र ने क पा नगर कमिटीले जिन्सी सामाग्री उपलब्ध गराएका छन्। यसै गरि अन्य ५५ संघ सस्था र व्यक्तिले नगद उपलव्ध गराएको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 338

प्रतिक्रिया (०)

सम्बन्धित खबर