Aamsanchar

भारत संग सिमा जोडिएका झापाका स्थानमा प्रहरी छ्याप्प छ्याप्ती

Author Image
शुक्रवार, चैत २८, २०७६

झापा । छिमेकी मुलुक भारतमा फैलिदै गरेको कोरोना भाईरस नेपाल भित्रिन नदिन बुधबारदेखि झापा प्रहरीले सिमा नाकामा सुरक्षाकर्मी बढाएर सर्वसाधारणलाई आवत जावत गर्न पूर्ण रोकेका छन ।

नेपाल सरकारले जारी गरिएको लकडाउन कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नको लागि सिमामा ससक्त रुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख कृष्णप्रसाद कोईरालाले बताएका ।
भारत संग सिमा जोडिएका भूभाग मेचीनगरको तिरिङ देखि गौरीगंज सम्म १४४ किलो मिटर दुरीमा बाक्लै प्रहरी परिचालन गरिएको छ ।

सिमा क्षेत्र अनुगमनमा झापा जिल्ला प्रहरी प्रमुख कृष्णप्रसाद कोईराला ।

नेपाल–भारत सीमा क्षेत्रबाट आवतजावत गर्ने मानिसहरुलाई पुर्ण रुपमा आउन नदिने उदेश्य अनुरुप सिमा नाका एरियामा पर्ने इलाका, चौकीका प्रहरीलाई पूर्ण क्रियाशिल बनाईएको छ । भइ रहेको प्रहरीको संख्यामा १ सय ५० जना प्रहरी जनशक्ति थप गरिएको छ । थप गरिएका प्रहरी प्रदेश प्रहरी कार्यलयबाट पठाईएको हो ।

अरु ९४ वटा सीमा गौडाहरुको पहिचान गरी उक्त गौडाहरुमा २४ सै घण्टा गस्ती परिचालन गरि सुरक्षा चुस्त दुरुस्त पारिएको एसपी कोईरालाले जानकारी दिए ।  साथै सिमामा रहेको प्रत्येक प्रहरी कार्यालयहरुमा स्थानिय तहहरुसंगको सहकार्यमा ठाँउपिछे सिमा सुरक्षा समिति गठन गरिएको छ । जसमा स्थानिय तहका प्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी, नागरिक समाजका प्रतिनिधी तथा स्थानिय क्लबका युवाहरु समेतको सहभागिता रहेको छ ।

मुख्य ७ स्थानमा इलाका प्रहरी कार्यालय रहेको र अहिलेको अवस्थालाई मध्येनजर गरेर थप ३ स्थानमा प्रहरी निरीक्षकहरुको कमाण्डमा अस्थाई वेसक्याम्प खडा गरिएको छ । पथरिया, टागनडुब्बा र कोरोबारीमा राखिएको अस्थाई वेसक्याम्पबाट प्रहरी निरीक्षक सहितको टोली खटाईएको छ ।

तिरिङखोला देखि सतीघट्टा सम्म कांकडभिट्टा, सतीघट्टा देखि घोडामारा सम्म धुलाबारी, घोडामारा देखि किच्चकबध सम्म भद्रपुर, किच्चकबध देखि पाठामारी हुदै कुटी सम्म जिल्लाबाट पठाईएका, कुटी देखि झापा कुमरखोद सम्म बिराटनगरबाट आएका, कुमरखोद देखि कोरोबारी सम्म कोरोबारीका र कोरोबारीबाट गौरीगंज सम्म गौरीगंजमा कार्यरत प्रहरी निरीक्षकलेको कमाण्डमा रहेको सुरक्षाकर्मी हरु सक्रिय बनेर खटिई रहेकोे बताईएको छ ।

सीमा नाकाबाट अनाधिकृत रुपमा मानिसहरु प्रबेश गरेमा स्थानिय जनताद्धारा समेत सूचना प्राप्त हुने ब्यवस्था मिलाई सम्पुर्ण गस्ती, पेट्रोलियम गरी सीमा नाका क्षेत्रमा मजबुत सुरक्षा ब्यवस्था मिलाइएको जिल्ला प्रहरी प्रमुखले आमसंचारलाई जानकारी दिएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर