Aamsanchar

राहत कोषका लागि बुद्धशान्तिका जनप्रतिनिधीले दिए चैत्र महिनाको सुविधा वापतको रकम

Author Image
शुक्रवार, चैत २८, २०७६

बुद्धशान्ति ।  पछिल्लो समय विश्वभर फैलिरहेको नोवेल कोरोना भाइरसका कारण नेपालमा पनि चैत्र ११ देखि लकडाउन सुरु गरिएको छ । हाललाई वैशाख ३ गते सम्म मात्र लकडाउन भनिएता पनि यो केही दिनलाई अझ बढ्न सक्ने जानकारहरु बताउँछन् । लकडाउनका कारण विपन्न वर्गका मानिसहरुलाई दैनिकी गुजारा गर्न निक्कै कठिन भइरहेको अवस्थामा राहत मार्फत यसलाई केही न्युनिकरण गर्न  बुद्धशान्ति गाउँपालिकाका सबै जनप्रतिनिधीहरुले चैत्र महिनाको सेवा सुविधा बुद्धशान्ति प्रकोप व्यवस्थापन कोषका लागि दिने भएका छन् ।

७ वटा वडा रहेको बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेल, १ नम्बर वडाध्यक्ष भीमकुमार नेवार, वडा सदस्यमा टिका धिमाल, ३ नम्बर वडाध्यक्ष कमल उप्रेती, वडा सदस्य वसन लिम्बु र ५ नम्बर वडाध्यक्ष वाशुदेव खतिवडा, वडा सदस्यमा डिल्लिरमण खतिवडा, रीता चौधरी, डेगेन्द्र कार्की, देउमाया दर्जी गरी १० जना जनप्रतिनिधीले कोषका लागि चैत्र महिनाको सेवा सुविधा वापतको रकम दिने भएका हुँन ।

गाउँपालिका अध्यक्षको सेवा सुविधा ३२,५००, प्रत्येक वडाध्यक्षको १९,४०० र प्रत्येक वडासदस्यको ७५०० गरी कुल हुन आउने १३५७०० (एक लाख पैँतीस हजार सात सय) रकम राहत कोषलाई दिने निर्णय गरेको छ ।

कोरोना संक्रमित तथा रोकथामका लागि देशभरी लकडाउन भइरहेको अवस्थामा अति विपन्न वर्गका नागरिकलाई राहत वितरणका लागि बुद्धशान्ति गाउँपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा एक महिनाको सेवा सुविधा दिन पाउँदा आफूँ  खुशी रहेको गाउँपालिका अध्यक्ष भुजेलले बताएका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर