Aamsanchar

युएईमा ४६० जना नयाँ कोरोना संक्रमित थपिए

Author Image
शुक्रवार, वैशाख ५, २०७७

 युएई । युएईमा विश्व महामारीको रुपमा रहेको कोरोना भाईरस ९कोभिड(१९० बाट आज थप ४ सय ६० नयाँ संक्रमित भएको पुष्टि भएको छ । यो संगै युएईमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ८ सय ३५ जना पुगेको छ । यसै गरि आज २ जनाको मृत्यु भएको छ । यो सँगै अहिले सम्म ३५ जनाको मृत्यू भएको छ ।

त्यस्तै आज मात्र थप ६१ जनाले पूर्ण स्वास्थ्य लाभ गरेका छन् । यो संगै अहिले सम्म पूर्णरुपले स्वास्थ्य लाभ गरि घर फर्कनेको संख्या १ हजार ९५ जना पुगेको छ । आज मात्रै २५ हजार कोरिना परिक्षण गरिएको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर