Aamsanchar

भोको पेटलाई भात पहिला चाहिन्छ की साथ ?

Author Image
सोमवार, वैशाख ८, २०७७


प्राकृतिक प्रकोप र प्रकोपले ल्याएको विपती र त्यसले निम्त्याउने घटना अर्थात महामारी फरक फरक प्रकृतिका हुन्छन् । प्रकोप कहिल्यै बाजा बजाएर आएन र आउदैन पनि । जहिल्यै अचानक र फरक फरक ढङ्गले आउछ । यसबाट पर्न जाने परिणाम पनि उतिकै अकल्पनिय हुन्छन् भन्ने कुरा सर्ववितितै छ । जुन मावन बाट सुरुमै नियन्त्रणमा आउन मुस्कील बनेर आउछन् । यो पल्ट कोरोना भाइरस (कोभिड १९)  को उत्पती एसियाली राष्ट चीनको हुवान प्रान्तबाट डिसेम्बरमा उत्पन्न भइ भयानक रुपलिएर विश्व ब्यापी रुपमा मानव जिवनको विनासको गर्दै माहामारी भएर भयानक रुपमा फैलिएको छ । यसरी विश्वब्यापी रुपमा फैलिएको (कोभिड १९) को विरुद्घ विश्वका सबै देसहरु मानव जातिको जीतको लडाई लडिरहेका छन् । यसमा पनि चिकित्सा शास्त्रीहरुलाई भने प्रकिृतिले गतिलो चुनौति दिएको छ यसपाली । विश्वमा चिकित्साशास्त्रका बैज्ञानिकहरु दिनरात कोरोना भाइसरको उपचार विधि पता लगाउन लागिपरेका छन् तर आज सम्म नतिजा सुन्य छ ।

डब्लु एचओ का अनुसार कोरोना नयाँ भाइसर भएकाले हाल सम्म यसको खास औसधी र खोप पता नलागेको हुनाले यसको संक्रमण दिनदिनै बढ्दो क्रममा छ र कहिले रोकिन्छ टुङगो छैन । कोरोना भाइसर २१ औं सताब्दीको यो विज्ञान प्रविधिको चरम विकासको युग र मानव सभ्यताको यो चरणलाई ठुलै चुनौती र चेतना दिएको बुझिन्छ । प्रकृति पहिलो कि रुपियाँ पैसा,विज्ञान प्रविधि, स्वास्थ्य तथा मानिस पहिलो हो भन्ने कुराको सचेता भएको छ । निश्चय पनि प्रकिृति पहिलो अनि मानिस, रुपैयाँ पैसा, विज्ञान प्रविधि हो भन्ने कुरा प्रमाणित हुन्छ ।

कोरोनाले विश्व आतङकित भएको बेला नेपालमा भने वर्तमान सरकार र मातहतका निकायको कार्यशैलि र नियम ठिक छैन,सरकारले लगडाउन त गरेको छ, तर लगडाउनको समयमा जनताले सरकार भएको महसुस गर्न सकेका छैनन्, यसो भनिरहदा धेरैको मानसपटलमा असर पर्न जान्छ । सरकारलाई कालो चस्मा लगाएर हेर्ने केहि झुण्डमाथि आच पर्न सक्छ । यो विपतमा जनता एकजुट भएर कोरोनासंग लड्ने बेलामा सरकारको आलोचना गर्ने पनि होइन याहाँ जनताले सधैं सरकारको साथ, सहयोग महसुस गर्न पाउन भन्न खोजिएको हो । विश्वब्यापि रुपमा रहेको प्राकृतिक विपतीमा त सहयोगी मनहरु जगमगाउनु पर्ने बेला हो । सहयोगी हातहरु फैलिने बेला हो । एक थरी यसै गर्दै छन् । सुरक्षाकर्मि लगडाउनकने पुर्ण कार्यान्वयन गराउन रात दिन सडकको चोक चोकमा खटिइरहेका छन् । सरकार भने बेतुकको बाजा बजाउदै छ ।

अघिल्ला विपतीका दिनहरुमा सरकारको कार्यको याहाँनेर जोड घटाउ नगरि यतिबेलाको विपतीमा जनता के चाहन्छन् यहि कुराको विवेचना र संबोधनात्मक विचारको बारेमा चर्चा गर्न खोजिएको हो । विश्वनै आतङकित भई संयमित र सावधानी अपनाई कोरोना भाइसर विरुद्घ कार्य गरिरहेको बेला हाम्रो मुलुकमा भने रोगी विरामी हेर्ने सिङगो सस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयनै एक अर्व भन्दा माथिको आर्थिक अनियमितता भएको यत्र तत्र सर्वत्र भ्रष्टचार जस्तो अमावविय मामिलामा सर्वोच्च अदालतमा मुदा दायर हुनुले के संकेत गर्दछ ? यसरी नेपाल आमा विरामी भएर लम्पसार भइरहेको बेला आमाको थैलीबाट रुपैयापैसा लुटियो भने शिर कहिल्यै उच्च हुनेवाला छैन ।

सरकारको भ्रष्टचार न्युनिकरण र निर्मुलिकरण गर्ने लक्ष रहेको छ । यस वर्ष केहिहद सम्म साना तिना भ्रष्टचार रोकिए । अर्थात भ्रष्टचारको सुचि मापन गर्दा २ प्रतिसत सुधार भएपनि साना ठुला नितिगत भ्रष्टचार मौलाउदै गएको गएको छ भन्दा फरक पर्दैन । यस्तो देख्दा, सुन्दा, बुझ्रदा वित्यास लाग्लो अवस्था छ र सचेत नागरिक, कुशल सासक र असल कर्मचारीको ठाउँबाट चिन्तन मनन गर्ने बेला हो र भ्रष्टचारलाई रोक्ने, नियन्त्रण गर्ने बेला हो ।
हाल विश्वले भोगेको कोरोना भाइसरको महामारीले एक लाख ५७ हजार भन्दा बढिको ज्यान लिएको बेला सुकुम्बासी आयोग, उच्च स्तरीय संयन्त्र किन चाहियो सरकार ? कुनै व्यक्ती वर्ग र सिङगो जनतालाई यस्ता आयोग चाहिएको छैन, र यो बेला आवस्यक पनि होइन ।

सरकार भोको पेटलाई भात पहिला की साथ कार्याक्रम रेडियो टेलिभिजनका समाचारमा जनतालाइृ तपाइहरुको साथमा हामी छौ भनि सधै आश्वासन मात्र बाडिरहयौ,यो वेला आश्वासनदिने बेला होइन, भोकालाइ भोजन देउ, समस्यामा परेर बाटोमा अलपत्र परेकालाई सुरक्षित घरसम्म पठाउ । काठमाडौमा अलपत्र परि घर जान ६०० किलोमिटर को कठीन पैदल यात्रामा निश्कन बाध्य जनतालाई घर सम्म पुर्याइदेउ । विरामीलाई उपचार गर्नेठाँउको व्यवस्था गरिदेउ । कोरोना संग लड्न पहिलो मोर्चामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी,कर्मचारीलाई सुरक्षा सामाग्री उपलब्ध गराउ । अनि मात्र जनतालाई सरकार साथमा छ भन्ने कुराको महसुस हुन्छ । मुलत यतिखेर धेरै परिवारको चुलो निभेको छ । विहान बेलुका छाक टार्न धौधौ परेको छ । हातमुखमात्र जोड्न के मात्र गरेका छैनन् जनता, साहुमाहजन, गुहार्दै छन्, छर छिमेकमा हात फीजाएका छन्,बैक तथा वितिय सस्थाहरुमा खास प्याकेजको पर्खाइमा छन् अनि स्थानिय तहहरुमा पुर्ण आशा र भरमा बसेका छन् ।

हो ति सबैलाई गुहार्दा पनि नभएर भगवान गुहार्नु नपरोस सरकार, त्यस्ता आशाका किरणहरुलाई ढिलै भएपनि दिर्घकालिन समस्था समाधान र संबोधन गरियोस् भन्न खोजिएको हो ।
आजको विज्ञान र प्रविधिको जवनामा बोल्न, सुन्न,र भन्न सक्नेले दोहोराएर राहत लिएकै छन् । सिफारिस गर्नेले राम्रै परिवारलाई पनि सिफारिस गर्ने ? गाँउ गाँउमा सिहंदरवार खोई, यो बेला चुपचाव देखिन्छ । राहतवितरणमा एक द्वार प्रणालिअनुरुप प्रदेस, स्थानिय सरकारले जनतालाई गाउँ गाउँमा सिहंदरवार आएको प्रत्याभुती दिन जरुरी छ । राहत वितरणमा भोका, निमुखा, ज्यालामजदुरी गर्ने,भाडामा बस्नेलाई पहिलो पार्थमिकतामा राखेर वितरण गरियोस् । प्रधानमन्त्री विपत तथा राहतकोषमा जम्मा भएको रकम एकपैसा पनि चुहावट तथा फ्रीज नभई चुलो निभेको जनताको घरको चुलोमा पुगोस् , कोरोना भाइरस विरुद्वको लडाइमा खर्च गरियोस् ।

सर्वसाधारणले पनि यतीखेर सरकारले घोषणा गरेका लकडाउनको पुर्ण पालना गर्नुपर्ने हुन्छ । पटक पटक साबुनपानीले हात धुने, नाक, मुख तथा आखाँमा अनावस्यक हात नपुर्याउन,े घर बाहिर जानैपर्ने भएमा मास्क प्रयोग गर्ने,भौतिक दुरी कायम गरी बस्ने,अत्यावस्यक काम बाहेक घरमै बस्नुपर्ने हुन्छ । लकडाउनको पुर्ण पालना गरि घरबाट ननिस्कीए कोारोना भाइसरबाट बच्न सकिन्छ । आफुबचे आफ्नो परिवार अनि समाज र देसलाइ कोरोना भाइसरको माहामारीबाट बचाउन सकिन्छ । अन्तमा विश्वब्यापी महामारीको रुप लिएको नोवेल कोरोना भाइसर नियन्त्रणमा आओस्, चिकित्सा विज्ञानले चाडैनै कोरोना भाइसर विरुधको औसधी तथा भ्याक्सिनपता लगाई विश्वलाई नोवेल कोरोना भाइसरको महामारीबाट बचाउन सकोस् र सम्पुर्ण शिश्वका कोरोना संक्रमितहरुको स्वास्थ्य लाभको कामना गर्दछु र कोरोना भाइसरको संक्रमणबाट ज्गान गुमाउनेहरुका श्रदाञ्जली अर्पण गर्दछु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 285

प्रतिक्रिया (०)

सम्बन्धित खबर
लुटिएका सपनाहरू 
मङ्गलवार, असोज २९, २०८१