Aamsanchar

झापामा पेट्रोलिय पदार्थ हाकार हुने सम्भावना, व्यसायीले तेल नल्याउने

Author Image
सोमवार, वैशाख ८, २०७७

बिर्तामोड । पूर्वका झापा लगायतका जिल्लामा अतिप्रज्वलनशिल पदार्थ पेट्रोल डिजल, अभाव भएको छ ।

भारतमा कोरोना भाईसरलाई तिब्र रुपमा फैदिन नदिन भारत सरकारले विभन्न प्रान्तमा लकडाउन गर्न गरेको निर्णय संगै नेपालको पूर्वीनाका संग जोडिएको भारतको पस्चिमवंगाल राज्यले गरेको लकडाउनका कारण यतीवेला झापा लगायतका पूर्वी जिल्लाहरुमा पेट्रोलिय पदार्थ आयत हुन सकेको छैन ।

कतिपय पेट्रोलियम व्यवसायीले बिराटनगरबाट ल्याएर सामाजिक व्यवहारिक जिम्मेवारी पुरा गर्न यतीका दिन सम्म महंगो मुल्यमा ल्याएर बिक्री गरिरहेका छन, कतिले ल्याउने हिम्मत गर्न सकेका छैनन, किनकी बिराटनगरबाट आयात गरिने पेट्रोल र डिजल प्रतिलिटर एक रुपैया महंगो पर्ने भएकाले ल्याउन नसकेको मेची पेट्रोलिय डिलर्स व्यवसायी संघका महासचिव बिनोद बस्नेतले बताए ।
झापा लगायतका जिल्लाको लागि चारआली डिपोको आधारमा मुल्य तोकिएको छ, बिराटनगरबाट ल्याउदा ढुवानी शुल्क धेरै पर्ने भएकाकालाले प्रतिलिटर एक रुपैया बढी लिनु पर्ने हुन्छ तर निगमले तोकेको मुल्य भन्दा बढीमा बेच्न पाईदैनन कानुनतह प्रतिवन्द कुरा हो, तर अब घाटा मात्र हैन पुँजीनै डुब्ने अवस्था भएकोले व्यवसायीले तेल किन्न सकेका छैनन, कांकडभिट्टा नाकाबाट आयात सहज बनाई दिन र बिराटनगरबाट आउने तेलको मुल्य समायोजन गरिदिन मेची पेट्रोलिय डिलर्स व्यवसायी संघका अध्यक्ष नविन कोईरालाले सरकार संग माग गरेका छन ।

उता नेपाल आयल निगम चारआलीका प्रमुख बिपिनकुमार श्रेष्ठले व्यवसायीले राखेको मागलाई पुरा गर्न नसकिने बताएका छन । संकटको वेला माथीको निर्देश अनुसार काम गरिएको बताएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर