Aamsanchar

सांसद लिङदेनको चर्तुयाई, लकडाउनको वेला लुसुलुसु विकास निर्माणको काम गराउदै

Author Image
बिहिवार, वैशाख ११, २०७७

बिर्तामोड । कोरोना भाईरस फैलिने खतरा संगै महासंकट आईलाग्न नदिन नागरिकलाई महामारीबाट बचाउन सरकारले देश नै लकडाउन गराउदा विकास निर्माणको गति पनि रोकिएको थियो । गत चैत्र ११ गते बाट सुरु भएको लकडाउनको कारण यसै आर्थिक बर्षमा काम सम्पन्न गर्नुपर्ने योजनाहरु स्थगित बनका थिए ।

नेपाल सरकारले गत चैत्र २० गते गरेको निर्णय अनुसार सिमित मजदुर र सामाजिक दुरीलाई कायम गरेर भई रहेका योजनाहरु सुचारु गर्न निर्देशन भएपछी देशका ठुला परियोजनाहरुमा धमाधम काम सुरु गरिएको छ । तर कतिपय स्थानिय निकायमा संचालन भईरहेका महत्वपूर्ण योजनाहरु सम्पन्न हुन लागेको अबस्थामा लकडाउनका कराण धेरै निर्माणका काम सुचारु हुन नसकीरहेको अवस्थामा झापा क्षेत्र नं. ३ को बाह्रदशी, हल्दिबारी गाउँपालिकामा भने केही योजनाहरुलाई लकडाउनै समयमा सम्पन्न गर्ने गरि धमाधम काम भईरहेको छ ।
यतीबेला बाह्रदशीमा दुईवटा र हल्दिबारिमा एकवटा महत्वपूर्ण काम लकडाउनकै वेला लुसुलुसु गराएर निर्माण अन्तिम चरणमा पुर्याइएको छ ।

बाह्रदशी गाउँपालिका वडा नं.६ कुमाई गाउँ देखि पूर्व चारपाने जोडिने घाग्रा खोलामा ६ मिटर छौडाई र ३७.५ मिटर लम्बाईको पक्की पुल ढलाईको तयारीमा रहेको छ । उक्त पुल निर्माणको लागि प्रतिनिधीसभा सदस्य सांसद राजेन्द्र लिङदेनको सांसदकोषबाट ६० लाख, प्रदेश सांसद पूर्णसिंह राजवंशीको तर्फबाट ३९ लाख ५० हजार र बाह्रदशी गाउँपालिको तर्फबाट ६० लाखमा पुल निर्माण गर्न लागिएको हो । त्यसैगरी पुलको रेलिङ, तारजाली र माटोको कामको लागि प्रदेश सरकारबाट एक करोड रकम विनियोजन भई कामको ठेक्का पनि लागिसकेको बुझिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खगेन्द्रप्रसाद पाण्डेले बताए ।

त्यसैसरी विभिन्न श्रोतबाट ६५ लाख बजेटमा चकचकी बजार पूर्व वडा नं. ४ मा बिरिङ नदिमा तटबन्धनको काम भईरहेको छ। तत्काललाई समस्या आउन नदिन १ सय ७० मिटर लम्बाईमा तटबन्धन (बाध) बाधने काम भईरहेको छ । यतीकाम सम्पन्न गर्दा यो बर्ष नदी कटान र भेलबाढीबाट सयौं बिघाह खेती योग्य जमिन जोगान तर्फ ध्यान दिईएको छ, बाधको काम भने बार्षिक रुपमा उत्तर दिक्षिण खोला पूर्वको सम्पूर्ण भागमा तटबन्धन योजना निरन्तर चली रहने रहने बताइएको छ ।

उता हल्दिबारीको १ नं. वडा स्थित सापडिग्रीमा पनि पक्की पुल निर्माणको काम अन्तिम रचणमा पुगेको छ । हल्दिबारी र बाह्रदशी गाउँपालिकाको सिमामा पर्ने गोलधाप चारपाने जोडने बाटोमा निर्माण गरिएको पुल दुईकरोड लागतमा सम्पन्न गरिन लागिएको छ, जसका लागि सांसद लिङदेनबाट ५० लाख, सांसद राजवंशीबाट ५० लाख र स्थानिय निकाय बाह्रदशी गाउँपलिकाबाट एक करोड बजेट छुट्याईएको बाह्रदशी गाउँपािलका अध्यक्ष खड्गप्रसाद राजवंशीले जानकारी दिए ।

बर्षायाम सुरु हुनु अगाबै ति काम सम्पन्न नगरे नागरिकले बिगतझै भोग्दै आएको समस्या यसबर्ष पनि भोग्नु नपरोस्, खोला बारीपारी गर्न सहजता प्रदान गर्न र सयौं बिघा जमिन नदी कटान हुनबाट बचाउन लकडाउको समयमा पनि कामलाई तिब्र रुप दिईएको झापा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य सांसद राजेन्द्र लिङदेनले बताएका छन ।

उनले भने, विकास निर्माणको काममा सासंद लाग्नु नपर्ने हो तर जताहरु प्रत्यक्ष रुपमा हामि संग सरोकार राख्नु हुन्छ, गुनासा समस्याहरु लिएर आउनु हुन्छ त्यसैले विकास निर्माणमा पनि सक्रिय हुनु पर्ने भएकाले संसदको काम पछीको समयलाई विकास निर्माणको काममा सहभागी भएर उपयोग गर्दै आएको छु, निर्वाचित हुनु अगाडी जनतासंग गरेको प्रतिवद्धता अनुरुपको काम, कर्तव्य र जिम्मेवारी पुरा गर्दै प्रतिवद्धता बाहेक तत्कालनै गरिहाल्नु पर्ने धेरै कामहरु पनि सम्पन्न भईसकेका छन । दर्जनौ कलभर्ट, सामुदायिक भवन विद्यालयको शैक्षिक, भौतिक विकासमा प्रत्यक्ष सहभागी बनेको छु । चारवटा स्थानिय तहलाई समेटने गरि जलथल जंगलमा हात्ति नियन्त्रणको लागि सौर्य विद्युतिय बार लगाइएको र अब केही थोरै ठाउँमा लाउन बाँकी छ, त्याहाँ पनि अब तुरुन्तै लगाउने काम हुने छ, साथै स्थानिय पूर्वाधार साँझेदारी कार्यक्रम अन्तरगत र अन्य श्रोत र निकायबाट बजेट ल्याएर प्रतिवद्धता गरिएका सबै कामहरु समयमै सम्पन्न गर्ने लक्षका साथ आफू अघि बढिरहेको छु ।

भिडियो पनि हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 428

प्रतिक्रिया (०)

सम्बन्धित खबर