Aamsanchar

झापामा फेरी एक जनामा भेटियो कोरोना

Author Image
आइतवार, वैशाख १४, २०७७

विराटनगर :  झापामा फेरी एक व्यक्तीमा कोरोना भाईरस फेला परेको छ । स्वास्थ्य तथा जनसंस्थ्य मन्त्रालयले आइतबार जारीगरेको  बिज्ञप्तीमा झापाका एक व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टी गरिएको हो ।

आइतबार विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परिक्षण अनुसार एक जना कोरोना पुष्टि भएको हो । हालको अध्यावधिक विवरण अनुसार नेपालमा ५२ जनामा कोभिड–१९ का पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रलायका अनुसार संक्रमित झापा निवास ५० बर्षका पुरुष हुन् । झापा यसअघि पनि एक जनामा कोरोना भेटिएको थियो ।

उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्स्था सामन्य भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । आजसम्म कोरोना संक्रमित मध्ये १६ जना निको भएर डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 306

प्रतिक्रिया (०)

सम्बन्धित खबर